• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

घुस प्रकरणमा स्पष्टीकरण सोधिएका अधिवक्ता तीन सातासम्म सम्पर्कविहीन, पत्रिकामा सूचना निकाल्ने तयारी

64x64
नेपाल लाइभ मंगलबार, असार २८, २०७९  १४:०३
1140x725

काठमाडौं– जिल्ला अदालत काठमाडौका न्यायाधीश राजकुमार कोइरालालाई घुसको अफर गर्ने नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेल सम्पर्कमा नआएपछि कानुन व्यवसायी परिषद्ले सार्वजनिक सूचना निकाल्ने तयारी गरेको छ। 

असार ९ गते बसेको परिषद् बैठकले घुस प्रकरणमा मुसिएका पोखरेलसँग एक साताभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय भएको दिनदेखि पोखरेल सम्पर्कविहीन भएका छन्। 

परिषद्ले पटकपटक उनको नाममा म्याद तामेलीको प्रयास गरेको थियो। न्यायाधीशलाई १ करोड घुसको अफर गरेका पोखरेललाई कानुन व्यवसायी परिषद् ऐनअनुसार किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधिएको थियो। उनलाई स्पष्टीकरणको म्याद बुझाउन परिषद्ले खटाएका व्यक्ति उनकै ल फर्म अनामनगरदेखि घर इमाडोलसम्म पुगेका थिए। तर, उनी कतै सम्पर्कमा नआएको बताइएको छ।

उनले आफूले प्रयोग गरिरहेको मोबाइल फोन पनि स्वीच अफ गरेपछि परिषद्ले हुलाकबाट उनको कानुन व्यवसायीको प्रमाणपत्रमा उल्लेख भएको ठेगानामा पत्र पठाएको छ। हुलाकबाट पठाइएको पत्रको जवाफ आएपछि अरु प्रक्रिया अघि बढ्ने परिषद्का अनुशासन आयोग सदस्य चण्डेश्वर श्रेष्ठले बताए।

महान्यायाधीवक्ता खम्मबहादुर खातीको अध्यक्षतामा रहेको बार काउन्सिलमा श्रेष्ठ र रजितभक्त प्रधानाङ्ग अनुशासन समितिको सदस्य छन्। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले अझै पनि केही दिनमै म्याद तामेल हुने विश्वास गरिएको बताए। तर, त्यसो नभए सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशित गरेर कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

परिषद् स्रोतका अनुसार पोखरेल एक साताभित्र उपस्थित हुुनुपर्नेमा सुरुमा म्याद नबुझ्ने मनसाय राखेर सम्पर्कविहीन भएको र पटक पटक सम्पर्कको प्रयास गर्दा पनि अटेर गरेको कारण कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिएको हो। एक–दुई दिनमै बैठक राखेर उनीविरुद्ध सार्वजनिक सूचना प्रकाशित गर्ने र उक्त अवधिमा पनि उपस्थित नभए कानुन व्यवसायीको प्रमाणपत्र खारेजीको प्रक्रिया अघि बढाउने तयारी परिषद्को छ। 

पोखरेल भने अहिले म्याद नबुझ्ने र शक्ति केन्द्रको आडमा उक्त प्रकरणलाई गोप्य राखेर खारेज गराउने चलखेलमा लागेको स्रोतको भनाइ छ। एमाले कानुन विभाग सदस्यसमेत रहेका र एमालेको शीर्ष नेताहरुसँग समेत राम्रै सम्बन्ध भएका कारण उनले यो प्रकरणमा कारबाह भन्दा प्रमाणपत्र जोगाउन चलखेल गरिरहेको बताइन्छ।  

पूर्वसांसद एवं व्यवसायी इच्छाराज तमाङलाई धरौटीमा छोड्ने विषयमा न्यायाधीश पोखरेल र अधिवक्ता पोखरेलबीच घुसको ‘डिल’ भएको थियो। तामाङविरुद्ध  ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा चलाइएको छ। जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस भइरहँदा उनीहरूले घुसको डिल गरेका थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सिभिल ग्रुपका अध्यक्ष तथा व्यापारी तामाङका निजी कानुन व्यवसायी रहेका पोखरेलले भने धरौटीमा छुटाउन घुसको अफर गरेका थिए। तर, २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। उक्त प्रकरणमा असार ९ गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पनि न्याय परिषद्को आकस्मिक बैठक बोलाएर तीन सदस्य छानबिन समिति गठन गरेका थिए।

न्यायाधीशविरुद्ध प्रमाण केलाउँदै समिति 
घुस प्रकरणमा मुछिएका न्यायाधीश कोइरालामाथि छानबिन गर्न गठन भएको समितिले प्रमाणहरु संकलन गरेर केलाउन थालेको छ। न्याय परिषद्ले असार ९ गते परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा उच्च अदालत पाटनका न्यायाधीशद्धय महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य छन्।

उनीहरुले अडियोको प्रमाण र उक्त मुद्दाको सम्बन्धित मिसिलहरुको पनि अध्ययन थालेका छन्। समितिले ४५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने छ। उक्त प्रतिवेदनको आधारमा न्यायाधीशमाथि थप कारबाहीको निर्णय न्याय परिषद्ले लिने बताइएको छ। उनीमाथि गम्भीर आर्थिक विचलनमा परेको पुष्टि भएमा पदबाट बर्खास्त गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा चल्ने छ। 

यसअघि एक न्यायाधीशविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। नक्कली प्रमाणपत्र लिएको पुष्टि भएका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध मुद्दा दायर भएको थियो। परिषद्ले गम्भीर छानबिन थालेपछि उनले राजीनामा दिएका थिए। तर, परिषद्को सिफारिसमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्