काठमाडाैं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा इजिप्ट र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसंघ कार्यालय भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।