काठमाडौं- काठमाडौं महानगरपालिकाले धोबीखोलामा फोहोर फाल्नेमाथि २५ हजार रुपैयाँ जरिवाना गरेको छ।
सामाजिक सञ्जालमा आइतबार र सोमबार धोबीखोलामा फोहोर फालिरहेको भिडियो चर्चामा रहेपछि काठमाडौं महानरपालिकाले त्यसबारे छानविन गरेको थियो।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार पच्चिस हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिए। शाहले २५ हजार जरिवाना तिराएको रसिद सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले आगामी दिनमा कसैले यस्तो गरेको फेला परे खबर गर्न अनुरोध गरेका छन्।
'कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ। यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ' शाहले भनेका छन्, 'आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।