• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दाङमा बढ्दै मिर्गौलाका बिरामी, लमहीमा मात्र ६५ जनाको उपचार हुँदै

प्रिया स्मृती गजमेर मंगलबार, असार २८, २०७९  ०९:४८
1140x725

दाङ– प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडाका ३४ वर्षीया केशव थापा दाङको लमहीस्थित लमही सामुदायिक डायलासिस सेन्टरमा भेटिए। उनी मिर्गौलाको डायलासिसका लागि आएका थिए। चार वर्षदेखि उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। मिर्गौला प्रत्यारोपणका लागि उनीसँग पर्याप्त रकम छैन। डायलासिसका लागि आफन्तको घरमा बसेका छन्। 

मिर्गौलाले काम गर्न छाडेको थाह पाएपछि उनी निकै आत्तिए। उपचारका लागि धेरै अस्पताल धाए। भएको रकम सबै सकियो। अहिले उनलाई सातामा तीन पटक डायलासिस गर्नुपर्छ। ‘धन्न डायलासिस निःशुल्क छ। नत्र त्यो पनि गर्न सक्दिनथेँ होला। अन्य औषधि महंगो छ’, उनले भने। 

मिर्गौला फेल भएपछि घरबारी सबै सकिने भएका कारण सबै उपचार राज्यले निःशुल्क गर्नुपर्ने उनको माग छ। उपचारका लागि थापा प्युठानबाट केही दिनअघि लमही आएका हुन्। ‘स्वास्थ्यले साथ दिँदैन। डायलासिसका लागि धाउन टाढा पर्छ। त्यसैले भालुवाङमा रहेका आफन्तसँग बसेको हुँ’, उनी भन्छन्। 

चार वर्षको अवधिमा औषधिमै उनको सबै सम्पत्ति सकिएको छ। ‘अब त औषधि किन्ने पैसा पनि छैन। अस्पतालमा जाँदा हामीजस्ता विपन्नलाई यति ठूलो रोग लागेपछि राज्यले निःशुल्क उपचार गर्नुपर्छ भनेर सोध्छु। तर, त्यहाँ पनि औषधिका लागि सरकारले बजेट नदिने भएकाले निःशुल्क गर्न नसकिएको जवाफ आउँछ’, थापाले भने। 

यस्तै, सल्यान कपुरकोटकी डिला चौधरी पनि १८ वर्षीया बहिनी गोमा थापामगरलाई लिएर लमहीस्थित डायलासिस सेन्टरमा आएकी छन्। गोमाको पनि दुवै मिर्गौलामा समस्या आएको तीन महिना भयो। ‘तुलसीपुरस्थित एक मेडिकलमा गएर उपचार गरायौं। त्यहाँ–मिर्गौलामा समस्या देखिएको छ, बुटवल लैजानुस् भनेपछि बुटवल लगेका थियौं’, डिलाले भनिन्। 

बुटवल अस्पतालमा चेकजाँच गर्दा बहिनीको दुवै मिर्गौलामा समस्या देखियो। त्यसयता उनले तुलसीपुरमा बहिनीको डायलासिसमा सहज होस् भनेर कोठा भाडामा लिएकी छिन्। ‘तीन महिनामैै घरमा भएको सबै रकम सकियो। तर, रोग निको हुँदैन। हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ’, उनी भन्छिन्। 

यस्तै दाङको शान्तिनगर गाउँपालिका–५ का २२ वर्षीय प्रताप चौधरी पनि मिर्गौलाको रोगबाट पीडित छन्। एक वर्षअघि उनी रोजगारीका लागि काठमाडौं गएका थिए। काम गर्दैगर्दा एक्कासी समस्या देखिएपछि उनी अस्पताल गए। त्यहाँ उनको मिर्गौलामा समस्या भएको रिपोर्ट आयो। 

‘एक वर्ष भयो, मैले पनि कहिले बुटवल त कहिले अन्य अस्पतालमा गएर डायलासिस गर्दै आएको छ। अहिले लमहीमै डायलासिस सेन्टर भएपछि भने सहज भयो’, उनी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हुन त उनले समस्या देखिएपछि काठमाडौंमा पनि डायलासिस गरिरहेका थिए। तर, काठमाडौंमा भीड धेरै हुने, भनेको समयमा पालो नआउने भएपछि उनी घर फर्किए। यस्तै घोराहीकी ६६ वर्षीया नीमकुमारी बुढाथोकी पनि तीन वर्षदेखि मिर्गौलाको समस्यासँग जुधिरहेकी छन्। अहिले उनलाई हातखुट्टा सुनिने, टाउको दुख्ने लगायतमा समस्याले ग्रस्त पारेको छ। ‘अहिले स्वास्थ्य धेरै नै बिग्रिएको छ। त्यसैले हप्तामा तीनपटक डायलासिस गर्ने गरेकी छु’, उनले भनिन्। 

अहिले अस्पतालमा उपचारका लागि आउने अधिकांशमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखिने गरेको चिकित्सक बताउँछन्। अझ स्वास्थ्य सम्बन्धी सामान्य ज्ञान नभएका मानिसमा मिर्गौलाको समस्या बढी देखिएको सामुदायिक डायलासिस सेन्टर लमहीका डाक्टर अब्दुस सबुद खानले बताए। 

उनले किशोरकिशोरीमा पनि मिर्गौला ड्यामेजको समस्या देखिएको बताए। ‘बढी मदिरा पिउनको मात्रै मिर्गौला ड्यामेज हुन्छ भन्ने छैन। उक्त रक्तचाप, मधुमेहको मात्रा बढी हुनेलाई पनि यो समस्या देखिएको छ,’ उनी भन्छन्, ‘लामो समयसम्म चर्को घाममा काम गर्ने, पर्याप्त पानी नखाने, स्वास्थ्य चेकजाँच नगर्ने मानिसमा अझ बढी समस्या देखिन्छ।’

मिर्गौला फेल भएपछि उपचार गर्न नसकेर घरमै थलिएका धेरै छन्। यस्तैमध्येका एक हुन् लमही नगरपालिका–४ का २२ वर्षीय दिनेश चौधरी। उपचारका गर्दागर्दै आफूसँग भएको रकम सकिएपछि उनी जीवनमरणको दोसाँधमा छन्। ‘बाँच्ने रहर त छ नि, तर उपचार गर्ने पैसा छैन,’ दिनेश भन्छन्, ‘थोरै पैसाले पुग्दै, सम्पत्ति भए पनि बेचौं भन्नुहुन्थ्यो, त्यो पनि छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहुँच र पैसा नहुनेका लागि ठूलो रोग लाग्दा मृत्यु कुर्नुको विकल्प नहुने प्युठानको स्वर्गद्वारीका सुकबहादुर बढा बताउँछन्। लामो समयदेखि मिर्गौलाले काम नगर्ने भएपछि उनी थलिएका छन्। ‘म जस्ता कमजोर आर्थिक अवस्था भएका कति होलान्। धन्न अहिले डायलासिस भए पनि निःशुल्क बनाएको छ। राज्यले आफ्ना नागरिकप्रति कर्तव्य सम्झिने हो भने मिर्गौलाको उपचार सबै निःशुल्क बनाउनुपर्छ’, उनी भन्छन्। 

दुई वर्षको अवधिमा डायलासिस सेन्टरमा १६० जना उपचारका लागि आएका छन्। तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ। २३ जना भने आफूलाई पायक पर्ने स्थानमा रेफर भएर गएका छन्। अहिले ६५ जनाको नियमित डायलासिस भइरहेको छ। 

आफूलाई पायक पर्ने स्थानमा रेफर भएर गएकाहरु पनि अहिले डायलासिस सेन्टरको सम्पर्कमा छैनन्। मिर्गौला डायलासिस गरेर केहि वर्ष बाच्ने बिरामीहरु थोरै मात्रामा छन्। तर, यस्ता बिरामी पनि कति छन् भन्ने अस्पतालसँग तथ्यांक छैन। 

दाङको राजपुर बेला गाउँपालिका–७ की देवकुमारी खत्रीले केही वर्षअघि दुवै मिर्गौला फेल भएर युवा अवस्थाका छोरा गुमाइन्। छोराको ज्यान बचाउनका लागि उनले मिर्गौला दानसमेत दिइन्। तर, बाँच्न सकेनन्। 

लमहीमा डायलासिस सेन्टर खुलेपछि त्यहाँका बिरामीलाई काठमाडौं, बुटवल या भारतसम्म जानुपर्ने बाध्यता भने टरेको छ। तर, बाहिरका जिल्लाबाट आउने बिरामीका लागि त्यहाँ बस्न समस्या छ। पहिला रोग पत्ता लगाउनै धेरै रकम खर्च भइसकेको हुन्छ। रोग पत्ता लागिसकेपछि महंगो औषधि। कहिलेकाहीँ त मुस्किलले गाडीभाडा मात्रै बोकेर भए पनि डायलासिस सेन्टरसम्म आउने गरेको बिरामीका आफन्तले बताएका छन्। 

बिरामीको चाप बढ्दो छ– अध्यक्ष भण्डारी 
डायलासिस सेन्टर खुलेदेखि नै बिरामीको धमाधम उपचारका लागि आउन थालेका थिए। अहिले पनि ६५ जना उपचाररत छन्। बिरामीको संख्या बढ्दै जाँदा बेड अभाव हुन थालेको सामुदायिक डायलासिस सेन्टरका अध्यक्ष बसन्तकुमार भण्डारीले बताए। 

‘संख्या बढेकाले, केहीलाई पालोमा राखेर सेवा दिनुपर्ने बाध्यता छ’, उनले भने। अहिले अस्पतालमा १२ वटा बेड राखेर उपचार हुँदै आएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै अझै पाँचवटा बेड थप्नुपर्ने देखिएको उनको भनाइ छ।

सकेसम्म सबै बिरामीलाई एकैपटक राखेर उपचार दिनसक्नेगरी व्यवस्थापन गर्न आफूले कोशिस गरिरहेको अध्यक्ष भण्डारीले बताए। ‘अहिले सबैभन्दा ठूलो समस्या त बिरामीका कुरुवालाई बस्न नै हो। भएको पैसा जति पहिल्यै अन्यत्र उपचार गर्दै सकिएको हुन्छ। यहाँ डायलासिसका लागि ल्याउँदा उनीहरुसँग खाने–बस्नेसमेत पर्याप्त रकम हुँदै। होटलमा बस्न बाध्य छन्,’ उनले भने, ‘हामीले कुरुवाको समस्या समाधानका लागि पनि केही गर्ने योजना बनाएका छौं।’ 

जिल्ला वा जिल्ला बाहिर डायलाइसिस गराएको शुल्क फरक–फरक छ, दाङको घोराहीमा एक पटक गराएको ६ हजार पाँच सय लिने गर्दछन् भने बाँकेको नेपालगन्जमा एक पटक डायलाइसिस गराएको ७ हजार पाँच सयसम्म शुल्क लिने गरेको बिरामीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्