काठमाडौं — बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन्।
कैलाली घर भैई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलाले नेगीमाथि बलात्कारको आरोप लगाएसँगै उनले सोमबार क्याम्पस प्रमुखबाट राजीनामा दिएका हुन्।
महिलाले कैलालीमा उजुरी दिएकी थिइन्।
प्रमुख नेगीले केहि व्यक्तिले पूर्वाग्रह राखेर आफमाथि अपुष्ट दोष लगाएको राजीनामा उल्लेख गरेका छन्। उनले सत्यतथ्य छानबिन हुनजेलसम्मका लागि राजीनामा दिएको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।