काठमाडौं–चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान छाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
मन्त्री खड्कासँग सिंहदरबारमा भएको भेटमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। त्यसअघि लिउले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए। देउवासँगको भेटमा परराष्ट्रमन्त्री खड्काको पनि उपस्थिति रहेको थियो।
आईतबार बिहान काठमाडौं उत्रिएका लिउले केहीबेरको आरामपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। बालुवाटारमा भएको उक्त भेटमा लिउले नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस् भन्ने धारणा राखेको भेटमा सहभागीले जनाएका छन्। जवाफमा देउवाले आफू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए।
चार दिने भ्रमणमा काठमाडौं आएको लिउ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी ओलीलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू सँग भेट गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।