काठमाडौं–आईतबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी कार्यालयमा उक्त भेटवर्ता भएको हो।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउले केहीबेरको आरामपछि अपराह्बाट उच्च तहको भेटघाट सुरु गरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटवार्तालगत्तै लिउले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवर्ता गर्ने कार्यतालिका रहेको छ।त्यसपछि मन्त्री खड्काले लिउको सम्मानमा होटल मेरियेटमा रात्रिभोज राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।