काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव मागेको छ। नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग रायसुझाव माग गरेको हो।
उक्त ऐनको परिच्छेद–५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले इमेलमा रायसुझाव उपलब्ध गराउन सूचित गरेको छ।
राष्ट्र बैंकले यसअघि आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।