काठमाडौं– नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो कार्यभार ग्रहण गरेका छन्।
उनले शुक्रबार कार्यभार सम्हाल्दै नियमित कार्य प्रारम्भ गरे। सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई असार ६ गते निलम्बन गरेकोमा उनी असार १३ गते सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च अदालतले यही असार २३ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलिदिएको हो।
कार्यभार ग्रहण गर्दै कार्यकारी अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारीबाट पूर्ण सहयोग पाउने विश्वास व्यक्त गर्दै आफू निगमको उन्नति प्रगतिमा सक्रिय रहने दृढता व्यक्त गरे। ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।