काठमाडौं– असार पहिलो साताबाट काठमाडौं उपत्यकामा देखिएको हैजाको संक्रमण क्रमशः बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकामा २७ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
हैजा पुष्टि भएकामध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
सुरूमा असार २ गते हैजा पुष्टि भएको थियो। काठमाडौंको बागबजार क्षेत्रमा बस्ने एकै परिवारका दुई जनामा हैजा पुष्टि भएको थियो। त्यसको भोलिपल्टै सानेपामा पनि देखिएको थियो।
त्यसयता क्रमशः हैजाको पुष्टि हुनेको संख्या बढ्दै गएको छ। मन्त्रालयका अनुसार अहिले तीन जना अस्पतालमा उपचाररत छन्। दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो।
चिकित्सकले पानी उमालेर खान, फोहोर मैला नगर्न सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।