काठमाडौं–काठमाडौं महानगरपालिकाले स्वर्गीय र्यापर यमबुद्ध (अनिल अधिकारी) को सालिक निर्माण गर्न बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षका लागि महानगरले १५ लाख रुपैयाँ बजेट छुट्याएको हो।
हिपहप र नेपहप जनरामा पुर्याएको योगदानको कदर गर्दै यमबुद्धको सालिक निर्माण गर्न लागिएको मेयर शाहको सचिवालयले जनाएको छ। सालिक बनाउने स्थानको भने टुंगो नलागेको बताइएको छ।
यम बुद्धको २०७३ माघमा लण्डनमा निधन भएको थियो। उनी आफ्नै बाथरुममा मृत भेटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।