काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले शुक्राबर ट्विटमार्फत् आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गरेका हुन्।
उहाँले ट्विटरमा भनेका छन्, ‘जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भर्त्सना गर्दछु। उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।'
आबेको शुक्रबार बिहान गोली हानी हत्या भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।