काठमाडौं–नेपाल प्रहरीको महानिरीक्षक (आईजी) नियुक्तिविरुद्ध दायर भएको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले असार २७ का लागि पेसी तोकेको छ।
सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि त्यसविरुद्ध सर्वोच्च गएका एआईजी विश्वराज पोखरेलको मुद्दामा असार २६ का लागि पेसी तोकिएकोमा उक्त दिन मुस्लिम धर्मावलम्बीहरूको चाड इदको सार्वजनिक बिदा परेकाले असार २७ का लागि सारिएकाे हो।
लगातार चार पटक हेर्दाहेर्दैमा रहेको मुद्दाको विपक्षी बनाइएका आईजी धिरजप्रताप सिंहका तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि असार २६ मा पोखरेलका तर्फबाट कानुन व्यवसायीहरुले जवाफी बहस दिने र सोही दिन सुनुवाइ सक्ने भनिएको थियो।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो। इजलासले असार २३ भित्रमा बहस नोट बुझाइसक्न पनि भनेको थियो। सोही अनुसार कानुन व्यवसायीहरुले बहस नोट पनि बुझाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।