काठमाडौं–नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना गरेको छ।
नेपाल सरकारले आबेको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।