• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बर्खे धानका लागि ब्याड तयार, धमाधम चैते धान काट्दै किसान 

प्रिया स्मृती गजमेर  शुक्रबार, असार २४, २०७९  १९:३५
1140x725

दाङ– असार महिनाको अन्त्य लाग्दै गर्दा जिल्लाका अधिकांश किसान धान रोप्न व्यस्त छन्। असारे झरीसँगै किसानलाई धान रोप्न पानीको समस्या देखिएको छैन। सिंचाइ कुलो नभएका स्थानमा पनि किसानले मोटरबाट पानी तानेर धान रोप्न थालेका छन्। 

पूर्वी देउखुरी क्षेत्रमा करिब ७० प्रतिशत खेतमा रोपाइँ सकिसकेको छ भने दाङ उपत्यकामा पनि करिब ५० प्रतिशतको हाराहारीमा रोपाइँ भैसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

कृषिलाई यान्त्रिकरणतर्फ लगिँदै गर्दा धान रोपाइँमा पनि हल गोरु र ठिगारेको साटो टेक्टर र पावर टेलरबाट खेत जोत्ने र सम्याउने काम भइरहेको छ। यद्यपि रासायनिक मलको सहज आपूर्ति भने हुन सकेको छैन। किसानले भारतीय सीमा बजारबाट ल्याएको महंगो मल प्रयोग गरेरै पनि धान रोप्ने कामलाई निरन्तरता दिइरहेको बताएका छन्।

जिल्लाका अधिकांश ठाउँमा धान रोपाइँ भइरहँदा बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने चैते धान घरमा भित्र्याउने चटारो छ। खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानहरुलाई चैते धान घरमा भित्र्याउन हतार भएको छ। 

बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डाबर निवासी किसान रत्न थापाले बताए। उनका अनुसार अहिले चैते धान काट्नदेखि धान घरमा भित्र्याउने काम भइरहेको छ। 

‘बर्खे धान भएको भए एकैपटक काटेर विस्तारै दाउने हुन्थ्यो। तर चैते धान वर्षात हुनुअघि नै काट्नुपर्ने भएका कारण सकेर दाउने हुँदैन’, किसान थापाले भने। उनले यसपाली चैते धानको उत्पादन राम्रो हुने बताए। करिब ६ कठ्ठा खेतमा चैते धान रोपेका थापाले उक्त खेतमा पुनः बर्खे धान रोपेर वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन्। चैते धान काटिसक्ने बित्तिकै बर्खेधान रोप्ने उनको तयारी छ। 

त्यसैगरी बंगलाचुली गाउँपालिका–४ तल्लो गहतेराका रेश्मा गिरीलाई पनि खेतमा पाकेको चैते धान घरमा भित्र्याउने चटारो छ। चैते धान पाकेसँगै बर्खे धान रोप्नलाई ब्याड तयार हुन थालेपछि पाकेको धान काट्दै गरेको गिरीले बताइन्। ‘खेतमा बैशाखमा रोपेको धान पाकिसकेको छ। बर्खे सिजनका लागि ब्याड पनि तयार हुँदैछ’, गिरीले भनिन्, ‘त्यसैले अहिले पाकेको धान काट्दै गरेका छौं।’

उनका अनुसार असार महिनामा पानी परिरहने भएका कारण चैते धान घरमा भित्र्याउन भने समस्या हुने गर्छ। पानी परेपछि पाकेको धान खेतमै कुहिने भएका कारण पनि छिटो भित्र्याउनुपर्ने उनको भनाइ छ। चैते धान राम्रो उत्पादन हुने भएकाले यहाँका अधिकांश किसानले वर्षमा दुई बाली धान लगाउँदै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

केही वर्ष अघिसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहनस्वरुप बीउ निःशुल्क रुपमा दिने गरे पनि पछिल्लो समय दिन छोडेको किसानहरु बताउँछन्।

जिल्लामा चैते धान बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ अन्तर्गत डाबर, घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र देउखुरीका विभिन्न ठाउँमा किसानले रोप्ने गरेका छन्। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गर्छ।

चैते धान रोपेका किसानहरुले साउनको पहिलो सातासम्म पुनः उक्त खेतमा बर्खे धान रोप्छन्। जिल्लाको ३९ हजार ९ सय ५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धान खेती हुने गरेको छ। 

कृषि ज्ञान केन्द्रबाट आवश्यक प्राविधिक सहयोग र पालिकाबाट उन्नत जातको बीउ–बिजन उपलव्ध हुनसके यहाँको धान उत्पादनले जिल्लाभरीको खपतलाई पूरा गरेर बाहिर निकासी गर्न पनि सकिने किसानहरुले बताएका छन्।

Xtrem

Xtrem

उनीहरुले स्थानीय सरकारलाई समयमा मल र बीउ उपलब्ध गराउन र आधुनिक कृषि प्रणालीमा किसानलाई जोड्न पनि आग्रह गरेका छन्। त्यस क्षेत्रको आर्थिक आयआर्जनको मुख्य आधार कृषि नै भएकाले यसलाई सहज र उत्पादनमुखी बनाउन आग्रह गरेका छन्। स्थानीय सरकारले धान उत्पादन बढाउनका लागि कुनै काम गर्न नसकेको किसानको गुनासो छ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्