काठमाडौं–उच्च अदालत तुलसीपुरले देव विकास बैंकको हिनामिनामा ३३ जनालाई दोषी ठहर गर्ने फैसला सुनाएको छ।
उच्च अदालतका न्यायाधीशद्वय दीक्षित गौतम र राजाराम सिलवालको इजलासले बिहीबार बैंकका कर्मचारी, सञ्चालक समितिका सदस्य र अन्यलाई दोषी ठहर गरेको हो। उनीहरुलाई जरिवाना र कैद सजाय हुने फैसला सुनाएको हो।
उक्त बैंकको १८ करोड हिनामिना प्रकरणमा ५६ जना प्रतिवादीविरुद्ध अभियोगपत्र दायर भएको थियो। जसमध्ये ३३ जनालाई दोषी ठहर गर्दा उच्च अदालतको वाणिज्य इजलासले २३ जनालाई भने सफाइ दिएको छ। उच्चले कसुरमा संलग्नता हेरेर २ करोडदेखि २५ हजारसम्म जरिवानाको फैसला सुनाएको छ। उच्चले २ वर्ष देखि ४ दिनसम्मको कैद सजाय तोकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।