काठमाडौं– सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा पूर्वमन्त्री तथा एमाले नेता कृपासुर शेर्पा सवार कार दुर्घटना भएको छ।
दुर्घटनामा परेर शेर्पासहित चार जना घाइते भएका छन्। तिव्र गतिका कारण शेर्पा सवार बा २ च ९००३ कार दुर्घटना हुँदा उनीसहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र ५० वर्षीय गणेश थापा घाइते भएका छन्।
उनीहरु आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्। घाइते चारै जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।