काठमाडौं– संखुवासभमा मलामी बोकेको ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्।
संखुवासभाको चैनपुर नगरपालिका–१० दुमकटास्थित लेगुवा खाँदबारी खराङबाट मलामी बोकेर पिलुवा खोलामा दाहसंस्कारका लागि भएको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर सरोज खनालले बताए।
को २ त ३९६१ नम्बरको ट्रयाक्टरको लोडपिन भाँचिएर रोडको बाँयातर्फ पल्टिएको थियो। दुर्घटनामा परेर चैनपुर–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर–९ का ४६ वर्षीय केशव कार्कीको मृत्यु भएको हो।
घाइतेहरुको स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टर चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।