काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले मेयरका लागि भनेर किनिएको सरकारी गाडी बेचेर रोलर किन्ने भएका छन्। बाटोका खाल्डाखुल्डी पुर्न रोलर किन्ने निर्णय भएको मेयर साम्पाङले बताएका छन्।
मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय बिहीबारको कार्यपालिकाले बैठकबाट पारित समेत भइसकेको छ।
मेयर साम्पाङले निर्वाचित भएकै बेला आफूले नगरको सरकारी गाडी नचढ्ने घोषणा गरेका थिए। जसअनुसार मेयरका लागि भनेर यसअघि किनिएको स्कार्पियो गाडी प्रयोगविहीन छ।
मेयर साम्पाङ आफ्नै मोटरसाइकलमा कार्यालय आउने–जाने गर्छन्। धरानबाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन्।
‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो! आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ! जय धरान!,’ मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।