काठमाडौं– साताको पाचौं कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। बिहीबार सेयर बजार मापन परिसूचक नेप्से १६.६० अंकले घटेको छ। बिहीबार समग्र सेयर बजार ०.८१ अंकले घटेको हो।
बुधबार नेप्से सूचक १३.३३ अंकले बढेर २०४३.९२ बिन्दुमा पुगेर बन्द भएको थियो। नेपाल स्टक एक्सचेनज (नेप्से)का अनुसार बिहीबार १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ। अघिल्लो दिन दुई अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
यस दिन २२९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन्।
बिहीबार कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ। ९६ कम्पनीको सेयर मूल्य यथावत रहेको छ।
७ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एलआइसी नेपाल अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।