काठमाडौं–चन्द्रागिरि केवलकार बिग्रिएपछि अलपत्र परेका ४६६ सर्वसाधारणको सकुशल उद्धार गरिएको छ। बुधबार चन्द्रागिरि पुगेका उनीहरुलाई १५० भन्दा बढी प्रहरी परिचालन गरी साँझ ८ बजेसम्म उद्धार गरिएको हो।
अलपत्र परेकामध्ये १७० लाई हिँडाएर र अन्य २६६ जनालाई केवल कार प्रयोग गरी उद्धार गरिएको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोली चन्द्रागिरि जाँदै गर्दा केवलकारमा समस्या आएपछि बीचमै अड्किएका थिए। केही बेरको मर्मतपछि पुनः सञ्चालनमा आएसँगै तिमिल्सिना चन्द्रागिरि डाँडामा पुगेका थिए।
त्यसपछि भने बिग्रिएको केवलकार अहिलेसम्म नबन्दा सर्वसाधारण अलपत्र परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।