काठमाडौं–चन्द्रागिरि केवलकार बिग्रिएपछि करिब ४ सय सर्वसाधारण चन्द्रागिरि डाँडामा अलपत्र परेका छन्। बुधबार चन्द्रागिरि पुगेका उनीहरुलाई फर्कन समस्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरि डाँडामा अलपत्र परेकाहरुलाई उद्दार गर्ने तयारी गरेको छ। उनीहरुलाई गाडीमार्फत् तल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर चित्लाङ जानेबाटोसम्म सर्वसाधरणलाई हिँडाएर ल्याउने र त्यसपछि गाडीमा ल्याउने तयारी प्रहरीले गरेको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना सहितको टोली चन्द्रागिरि जाँदै गर्दा केवलकारमा समस्या आएपछि बीचमै अड्किएका थिए। केही बेरको मर्मतपछि पुनः सञ्चालनमा आएसँगै तिमिल्सिना चन्द्रागिरि डाँडामा पुगेका थिए।
त्यसपछि भने बिग्रिएको केवलकार अहिलेसम्म नबन्दा सर्वसाधारण अलपत्र परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।