• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

64x64
रासस बुधबार, असार २२, २०७९  १२:५१
1140x725

काठमाडौं- हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ। एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो। यो विवरण सन् २०१३ को हो।  पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ। एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पादन गर्छ। त्यो फोहोरमा प्लास्टिकको मात्रा १२ प्रतिशत बराबर रहन्छ। 

काठमाडौँ उपत्यकाभित्र मात्रै दैनिक एक हजार १४० मेट्रिक टन बराबरको फोहोर उत्पादन हुन्छ। त्यो फोहोर कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा सधैँको रडाको हुने गरेको छ। फोहोर विसर्जन गर्ने स्थानमा काठमाडौँ महानगरपालिकाले जबर्जस्ती गरेको गुनासो छँदैछ। फोहोर व्यवस्थापन नहुँदा काठमाडौँको सडक दुर्गन्ध हुने गरेको छ भने फोहोर व्यवस्थापनकै लागि करोडौँ रुपैयाँ खर्च पनि भइरहेको छ। 

सरकारले महानगरपालिकाको फोहोरलाई दीर्घकालीन रुपमा समाधान गर्ने नीति ल्याउने र कार्यान्वयन गर्ने हो भने फोहोरलाई सजिलै मोहोर बनाउन सकिन्छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालका अनुसार त्यत्तिकै खेर फालिएको प्लास्टिकजन्य फोहोरबाटै दैनिक तीन लाख ४२ हजार लिटर बराबरको इन्धन उत्पादन गर्न सकिन्छ। नेपाल आयल निगमले इन्धन आयात गर्न नसकिने अवस्थामा पुगेको जनाइरहेको छ। पेट्रोलको प्रतिलिटर मूल्य रु १८१ पुगेको छ। त्यस्तै डिजेल प्रतिलिटर रु १७२ बराबर पुगेको छ। 

काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहोरमध्ये ५७० टन फोहोर प्रशोधन हुन सक्छ। बाँकी रहेको ५७० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने हो भने दैनिक ३४२ किलोलिटर इन्धन उत्पादन हुन सक्छ। त्यो भनेको तीन लाख ४२ हजार लिटर बराबर हो। 

उनका अनुसार प्लास्टिकको प्रशोधनबाट उत्पादन हुने इन्धनमा पेट्रोल, डिजेल र मट्टीतेल तीनवटै हुन्छ। यसबाट वातावरण पनि सफा हुन्छ। घरमै इन्धन उत्पादन हुन्छ र विदेशी मुद्राको सञ्चिति पनि हुन जान्छ। नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणालीको जडान सन् २०१६ मा नै गरेको हो।  त्यतिबेला प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका तत्कालीन प्रविधि सङ्कायका प्रमुख डा सुरेशकुमार ढुङ्गेल र इको पाटी जापानका अध्यक्ष चिसेको मात्सुमोतोले हस्ताक्षर गरेका थिए।

नेपालमा यो प्रविधि नयाँ भए पनि संसारका विकसित मुलुकका लागि भने पुरानै हो। इको पाटी जापानले उपलब्ध गराएको प्रविधि र उपकरणबाट नास्टमा इन्धन निकाल्ने प्रविधिमा काम भइसकेको छ। सुरुमा जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको थियो। हाल नास्टमा १० किलो प्लास्टिक प्रशोधन गर्ने मेशिनसमेत छ। 

डा ढकालका अनुसार सरकारले लगानी गर्ने हो भने ठूलो मात्रामा बाहिरिएको विदेशी मुद्राको सञ्चिति कायम राख्न सकन्छि। “हामी स्रोत र साधन भएर पनि गरिब भएका छौँ र क्रमशः परनिर्भर बन्दै गएका छौं। खोलामा बगाएर वा डढाउने गरिएको प्लास्टिकबाट इन्धन उत्पादन गर्न सकिन्छ। सरकारलाई मेरो आग्रह छ। यसमा काम गर्न ढिला भइसक्यो,” उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि नेपाल भित्रिएको लामो समय भए पनि त्यसमा काम भने अगाडि बढ्न सकेको छैन। सीमा नाकामा अवरोध भएको बेला यस विषयले प्राथमिकता पाउने गर्दछ भने इन्धन आयात सहज भएपछि यो विषय हराएर जाने गरेको छ। 

यतिबेला रुस र युक्रेनबीच चलेको युद्धको बाछिटा नेपालमा पनि परेको छ। विदेशी मुद्राको सञ्चिति घट्ने प्रमुख कारणमा इन्धन आयात पनि एक हो। नेपाल आयल निगमको विवरणअनुसार चालु आवको ११ महिनामा नै झन्डै रु दुई खर्ब ५० अर्ब बढीको इन्धन आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्दा देशभित्र महङ्गीको ग्राफसमेत उकालो लाग्छ। 

इन्धनको मूल्य बढ्दा त्यसले हरेक क्षेत्रमा प्रभाव पार्छ। सरकारले सात प्रतिशतको हाराहारीमा सीमित गर्ने भनेको मुद्रास्फीति दोहोरो अङ्कमा पुग्ने सम्भावना बढेर गएको छ। त्यसलाई रोक्न पनि सरकारले केही आन्तरिक तयारी गर्नु जरुरी भइसकेको छ। इन्धनमा देखिएको सङ्कटको केही हदसम्म भए पनि खेर जाने प्लास्टिकबाट गर्नेतर्फ ध्यान जानु आवश्यक छ। 

सामान्यतः एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिन्छ। नास्टका वैज्ञानिकसमेत रहनुभएका डा ढकालका अनुसार सामान्य पानीको बोत्तल एक किलोग्राम प्रशोधन गर्दा ७०० मिलिलिटर कच्चा इन्धन उत्पादन हुन्छ भने सोही बोतलको बिर्को प्रयोग गर्दा ८०० मिलिटरसम्म कच्चा इन्धन उत्पादन हुन सक्छ।

Xtrem

Xtrem

प्लास्टिकको मात्रा र गुणस्तरका आधारमा इन्धन के कति परिमाणमा उत्पादन हुन्छ भन्ने कुराको निर्धारण हुन जान्छ। प्लास्टिकले वातावरण प्रदूषणमा पनि उल्लेख भूमिका निर्वाह गरिरहेको छ। नास्टले त्यसबाट इन्धन निकाल्ने प्रविधि पनि ल्याएपछि प्लास्टिक सार्वजनिक स्थानमा नफाल्न र पुनः प्रयोगका लागि सङ्कलन गर्न आग्रह पनि गरियो तर त्यसमा कुनै ठोस काम भएन। 

सरकारले चाहने हो भने ठूलो मात्रामा इन्धन निकाल्ने प्रविधि केही समयभित्रै जडान गर्न सकिने डा ढकालको भनाइ छ। सम्भव छ, गर्न सकिन्छ र इन्धन उत्पादन हुन्छ भन्ने विश्वास आम रुपमा भइसकेको छ। प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने कार्बनडाइअक्साइड तथा फ्युरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, जस्ता समस्या हामी आफैँले भोग्दै आएका छौँ।

हिमालबाट सुरु भई प्लास्टिक प्रदूषण समुद्रसम्म पुग्ने भएकाले त्यसलाई नियन्त्रण गरी वातावरण संरक्षण गर्न पनि प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि नेपाल जस्ता देशका लागि झनै उपयुक्त हुन जान्छ। जापानले यसमा ठूलो प्रगति गरेको छ। दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिक रुपमा इन्धन उत्पादन गरिएको छ। 

काठमाडौँ उपत्यकाभित्र दुईवटा महानगर छन्। फोहोर उत्पादन हुने प्रमुख थलोका रुपमा ती महानगर नै परिचित छन्। यस्तै अन्य स्थानीय तहको समेत फोहोरलाई प्रशोधन गरेर इन्धन निकाल्ने उपायको खोजी गर्न धेरै ढिला भइसकेको जानकारी दिँदै डा ढकालले भने, “सरकारको साथ र सहयोग रहने हो भने यसमा निजी क्षेत्रको पनि उत्तिकै चासो रहन सक्छ। एसियाली विकास बैंकले त यसमा लगानी गर्न इच्छुक रहेको बताइसकेको छ।”

फोहोर व्यवस्थापनको विषय सहरी तथा सहरोन्मुख क्षेत्रको प्रमुख समस्याका रुपमा खडा भएको सन्दर्भमा सरकारले एउटा नमुना परियोजना नै सुरु गर्नुपर्ने सुझाव छ डा ढकालको। विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट सङ्कलन हुने प्लास्टिकजन्य फोहोरबाटै पनि  दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने उहाँको भनाइ छ। नेपाललाई आवश्यक पर्ने बराबरको इन्धन फोहोरबाटै उत्पादन गर्न सकिन्छ। 

काठमाडौँ उपत्यकाभित्र महानगर आफैँले पहल गरेको छैन, नास्टले मात्रै यसमा अनुसन्धान गरिरहेको छ। तर, उद्योग, वाणिज्य तथा आपूर्ति र ऊर्जा मन्त्रालयले यसमा विशेष चासो दिएर काम गर्नुपर्ने आवश्यकता छ। नसड्ने त्यसमा पनि प्लास्टिकजन्य फोहोरलाई इन्धन बनाउनेतर्फ कार्य थालनी गरे त्यसले फोहोर व्यवस्थापन पनि हुन्छ। विकल्प पनि तयार हुने देखिन्छ। खासगरी सहरी क्षत्रेमा प्लास्टिकजन्य फोहोर ठूलो समस्याका रुपमा रहेको छ।  

प्लास्टिकजन्य फोहोरबाट डिजेल, पेट्रोल, मट्टीतेल उत्पादन गर्न सकिन्छ। प्लास्टिकबाट डिजेल मात्रै निस्कन्छ भन्ने होइन भन्ने जानकारी दिँदै डा ढकाल विभिन्न रसायनिक प्रतिक्रिया गराएर फर्नाइस तेल पनि उत्पादन गर्न सकिने बताउँछन्। व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ।

बाँझो जमिनमा रोपौँ सजीवन 
नेपालको इन्धनमा देखिएको समस्या समाधानका लागि खाली रहको जमिनमा सजीवन (ज्याट्रोफा) रोप्न सुझाव दिनुहुन्छ। सजीवनको दानाबाट बायो–इन्धन उत्पादन गर्न सकिन्छ। राजमार्गको दायाँबायाँ क्षेत्रमा मात्रै सजीवन लगाउन सकियो भने मात्रै पनि देशको मागअनुसारको बायो–इन्धन उत्पादन सकिने ढकालको भनाइ छ। 
वरिष्ठ कृषि अधिकृत कुलप्रसाद सुवेदीका अनुसार नेपालको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मको तराई क्षेत्रमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ। त्यस्तै गरी महाभारत पर्वतको तल्लो कठार एवं भावर क्षेत्रमा पनि यसको खेती विस्तार गर्न सकिन्छ। पत्थरिलो एवं गे्रग्र्यानयुक्त हल्का माटो सजीवन खेतीका लागि उपयुक्त मानिन्छ। बाटो छेउछाउ बारका रुपमा, सामुदायिक वनसँगैको पाखापखेरा, गल्छी नदी किनारमा यसको खेती गर्न सकिन्छ। 

जानकारहरुका अनुसार यसको फलबाट ३८.५ प्रतिशत बराबरको अखाद्यजन्य तेल निस्कन्छ। यसको तेल मेशिनरी कलकारखाना तथा मोटर, ट्र्याक्टर आदिमा डिजेलसँग ४० प्रतिशतसम्म मिसाएर प्रयोग गर्न सकिन्छ। प्रतिरोपनी ४० लिटर तेल उपलब्ध हुँदा एक लाख रोपनी क्षेत्रफलमा सजीवन रोप्दा ४० लाख लिटर इन्धन उत्पादन हुन सक्छ। 

सजिलै बन्छ इथानोल
देशभित्र रहेका चिनी कारखानाबाट सजिलै इथानोल बनाउन सकिने डा ढकालको भनाइ छ। देशभर निजी क्षेत्रका विभिन्न चिनी कारखानामामा बगास तथा चिनी उत्पादन भएर बाँकी रहेको सामग्रीको प्रयोग गरेर इथानोल बनाउन सकिन्छ। डा ढकालका अनुसार बायो–डिजल र इथानोल बनाई तत्कालै पाँचदेखि १० प्रतिशत मिसाउन सकिएको खण्डमा मात्रै दुई लाख किलोलिटर बराबरको इन्धन उत्पादन गर्न सकिन्छ। त्यसबाट वार्षिक रु २० अर्ब बराबरको रकम देशभित्रै बचत गर्न सकिन्छ। 

सरकारले २०६० सालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउनुपर्ने निर्णय गरेको थियो। यसैअनुसार २०७१ सालमा निगमले आवश्यक तयारी पनि गरेको थियो तर त्यसको कार्यान्वयन नहुँदा ठूलो धनराशि विदेसिँदै आएको छ।

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्