सर्लाही- सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन्।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन्। उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।