काठमाडौं– रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बस दुर्घटनामा गम्भीर घाइते भएर ल्याएका मध्ये ४ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा २४ जनालाई भर्ना गरिएको थियो।
अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन्। उनीहरुको पहिचान हुन सकेको छैन।
त्यस्तै घटनास्थलमा मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूले तमाङ, खडक विक, कमला तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन्।
मंगलबार बिहान बा ३ ख ८३९६ को बस रामेछापको सुनापति गाउँपालिका–५, लुभुघाटमा दुर्घटना भएको थियो। घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।