काठमाडौं–नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा वृद्धि गरेको छ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९–९ रुपैयाँ वृद्धि गरेको हो। यस्तै, हवाई इन्धन (आन्तरिक तर्फ) प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ, डिजेलको १७२ र मट्टितेलको १७२ रुपैयाँ हुनेछ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। एलपी ग्यासमा भने मूल्य वृद्धि गरिएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।