काठमाडौं–नेपाल आयल निगमले पेट्रोलको वितरणमा समेत कोटा लगाउने प्रस्ताव गरेको छ।
निगमले एक पटकमा दुई पांग्रे (मोटरसाइकल/स्कुटर) लाई ५ लिटर र चार पांग्रे गाडीलाई २० लिटर मात्रै पेट्रोल वितरण गर्ने प्रस्ताव गरेको हो।
पेट्रोलिय पदार्थको खपत कम गर्नका लागिका लागि कोटा तोक्ने प्रस्ताव गरिएको निमगले जनाएको छ। इन्धनको मूल्य बढ्दै जाँदा आर्थिक अवस्था समेत कमजोर हुने विषयलाई मध्यउनगर गर्दै इन्धनको खपत कम गराउनका लागि कोटा तोक्ने तयारी गरिएको हो।
योसँगै विभिन्न १० वटा निर्णय गरेर मन्त्रालयमा पेश गरिएको निगमले जनाएको छ। यसअघि इन्धन खपत कम गराउन भन्दै निगमले आइतबार पनि सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो।
उक्त प्रस्तावलाई मन्त्रीपरिषदले पास गरेपछि एक महिनामात्रै लागु भएर आइतबार बिदा दिने निर्णय फेल भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।