काठमाडौं- उच्च अदालत पाटनका दुई कर्मचारीबीच कार्यकक्षमै कुटाकुट भएको छ।
उच्च अदालत पाटनका शाखा अधिकृत हिरालाल भुसाल र उपसचिव रमेश श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट भएको हो।
शाखा अधिकृत भुसालले सोमबार उपसचिव श्रेष्ठलाई मुक्का प्रहार गरेको स्रोतको भनाइ छ।
'हिरालाल भुसालले कार्यकक्षमा रमेश श्रेष्ठमाथि हातपात गर्नु भएको हो' पाटन उच्च अदालतका एक कर्मचारीले भने। घटनाबारे आफूलाई विस्तृतमा भने जानकारी नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।