काठमाडौं–काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजारनजिक सडकमा बा१३च ६४१९ नम्बरको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुष बन्सुरको आइतबार मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा वयोधा अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते योगिताको वयोधामै उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।