हेटौंडा–मकवानपुरको बागमतीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जनाभन्दा बढी घाइते भएका छन्।
आइतबार साँझ पूर्वी मकवानपुरको बकैया–७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य २६ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएको जनाइएको छ। घाइतेहरुको हेटौँडास्थित विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।