काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको गर्ल्स होस्टेलकी एक कर्मचारी मृत भेटिएपछि परिवारजन र आफन्तले प्रदर्शन गरेका छन्।
काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझीको शनिबार राति ८ बजेतिर झुन्डिएको अवस्थामा शव भेटिएको थियो।
उनले आत्महत्या गरेको नभइ हत्या भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् भने स्कुल परिसरमा आइतबार प्रदर्शन गरेका छन्।
उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रदशर्नमा उत्रिएकाहरुले स्कुलमा तोडफोडसमेत गरेका छन्।
तस्बिरहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।