रौतहट- रौतहटमा दुई भारतीय पर्यटक बागमती नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित बागमती नदी किनारमा रहेको पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका तीन भारतीय पौडी खेल्न नदीमा पसेका थिए।
भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।
नदीमा डुबेका सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेका थिए भने अन्य दुई अझैसम्म फेला नगरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।