काठमाडौं– नेपाल प्रहरीले रिक्त रहेका ७६ प्रहरी सहायक निरीक्षक (असई) र ५०३ जवानको दरबन्दीमा पूरानै आवेदनबाट पदपूर्ति गर्ने भएको छ।
यसअघि ३६७ जनाका लागि आवेदन माग गरिएकामा यसबीचमा ७६ दरबन्दी रिक्त भएको भन्दै त्यसको पनि पदपूर्ति पुरानै आवेदनबाट गरिन लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै, जवानतर्फ पनि थप ५०३ सहित २ हजार ४७४ जवानको दरबन्दी पूर्ति हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यसअघि असईका लागि २०७८ असोज २२ गते र जवानका लागि २०७८ मंसिर १० गते आवेदन आह्वान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।