काठमाडौं–वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रणभन्दा बाहिर रहेको बताएका छन्।
शनिबार विभागमा पत्रकार सम्मेलन गर्दै शर्माले वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गएिको बताए। देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशबाट नै सामानको मूल्य वृद्धि बढेर आएको देखिएकाले मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर रहेको पाइएको बताए।
महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले नै उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए।
उपभोक्ता हक अधिकारको संरक्षण, स्वच्छ बजार प्रवर्दन तथा अवाञ्छित मूल्य वृद्धि अनुगमन तथा नियन्त्रणका लागि जिम्मेवार संघीय सरकारअन्तर्गतका नियामक निकायहरु एवम् संविधान तथा प्रचलित कानूनबमोजिम यस्तो जिम्मेवारी पाएका प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गरि क्रियाशील हुने निर्णय भएको थियो।
उक्त निर्णय अनुसार देशव्यापी रुपमा असार १७ गते एकसाथ, एकै समय, देशैभर बजार अनुगमन सम्पन गरिएको विभागले जनाएको छ। विभाग तथा मातहत कार्यालयहरुबाट एवम् तीन तहका सरकारका विभिन्न निकायबाट बजार अनुगमन भइरहे पनि अभियानकै रुपमा यस्तो अनुगमनको सुरुवात भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।