चितवन– बाघको आक्रमणबाट चितवनमा एक महिला घाइते भएकी छन्।
पूर्व चितवनको खैरहनी नगरपालिका–१३ कमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा महिलालाई बाघले आक्रमण गरेको थियो।
बाधको आक्रमणबाट स्थानीय ३८ वर्षीया बालिका गुरुङ घाइते भएकी हुन्।
गम्भीर घाइते भएकी गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।