तस्बिर: प्रिय योङहाङको फेसबूकबाट
काठमाडौं– अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा पाँचथरमा एकै परिवारका ३ जना बेपत्ता भएका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–७ बिदीनका ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाएको हो।
घर बगाउँदा दलप्रसादका छोरा ४२ वर्षीय रुपलाल मगर, ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगर रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखर प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए। पहिरोले घर बगाउँदा ७१ वर्षीय दलप्रसाद मगरको भने सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।
डीएसपी थापाका अनुसार शुक्रबार राति घर माथिबाट खसेको पहिरोले घर बगाउँदा एकै परिवारका ३ जना बेपत्ता भएका हुन्।
पहिरोले घर बगाएको खबरपछि प्रहरी चौकी सिदिनको टोली घटनास्थल पुगेको थापाले जानकारी दिए।
अहिले नेपाल प्रहरीको अर्को टोली घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिए। यस्तै, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको डीएसपी थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।