काठमाडौं–परराष्ट्रमन्त्री नारायण खड्का र नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार भेटवार्ता भएको छ। दुवैबीच द्विपक्षीय मुद्दाहरूमा सकारात्मक तथा फलदायी छलफल भएको बताइएको छ।
राजदूत श्रीवास्तवले परराष्ट्रसचिव भरतराज पौडेललाई पनि भेटेका थिए।
बिहीबारमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका राजदूत श्रीवास्तवले लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।