काठमाडौं– गृह मन्त्रालयले मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।
गृह मन्त्रालयले रुपन्देहीका सीडीओ ऋषिराम तिवारीलाई फिर्ता बोलाएर उनको ठाउँमा मकवानपुरका सीडीओ भरतमणि पाण्डेलाई पठाएको छ।
रुपन्देहीका सीडीओ तिवारीलाई अध्यागमन विभाग सरुवा गरिएको छ। यस्तै, मकवानपुरमा सहसचिव राजेन्द्रदेव पाण्डे नयाँ सीडीओको रुपमा खटाइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।