काठमाडौं– गोरखा जिल्ला अदालतका एक कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोरखा जिल्ला अदालतका तहसिलदार रामचन्द्र केसीलाई १५ हजार घुससहित पक्राउ गरेको हो।
पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले तहसिलदार केसीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो।
उनलाई विहिबार साँझ अख्तियारको टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौ पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।