काठमाडौं– पछिल्लो दुई सातायता काठमाडौं उपत्यकामा देखिएको हैजाका बिरामी दैनिक थपिँदै गएका छन्। शुक्रबारसम्म उपत्यकाका १७ जनामा हैजाको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका हुन्।
मन्त्रालयले धेरै ठाउँमा हैजाका बिरामी देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। हैजाका बिरामी बढ्दै जान थालेकाले उमालेर मात्रै पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।