काठमाडौं– शुक्रबार छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले घटेको छ।
शुक्रबार सुन प्रतितोला ९७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावल सुन ९७ हजार ५०० मा कारोबार भएको थियो।
शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० छ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँ घटेको छ। चाँदी तोलाको एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।