• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वन नै वन्यजन्तुको घर, मान्छेबाट अतिक्रमण हुँदा आक्रमण

विष्णु श्रेष्ठ शनिबार, असार १८, २०७९  १०:५०
1140x725
तस्बिर : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

काठमाडौं- बर्दिया राष्ट्रिय निकुञ्ज र वन कार्यालय क्षेत्रमा गरी यस आर्थिक वर्षमा बाघको आक्रमणबाट चार जनाको मृत्यु भयो। यो संख्या गत वर्षको तुलनामा निकै कम हो। आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र वन कार्यालय क्षेत्र दुवैतर्फ १२ जनाको मृत्यु भएको थियो। त्यसको अघिल्लो वर्ष ६ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका थिए।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बर्दियामा विगतमा भन्दा कम संख्यामा बाघको आक्रमण भएको छ। अन्य वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने घटनामा पनि बर्दियामा कमी आएको छ। गत आर्थिक वर्ष चार जनाको हात्तीको आक्रमणबाट मृत्यु भएकोमा चालु आर्थिक वर्षमा दुई जनाको ज्यान गएको छ। बर्दियाको निकुञ्ज, मध्यवर्ती र वन कार्यालयको क्षेत्र सबैलाई समेटेर हामीले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा पुनः स्थापनासम्बन्धी रणनीतिक योजना बनाएर काम गरिरहेका छौं। द्वन्द्व हुने अवस्था आउन नदिएर सहअस्तित्व कायम गरिनुपर्छ भन्ने ध्येयसहित हामीले काम गरिरहेका छौं। यसैको परिणामको रुपमा विगतमाभन्दा अहिले द्वन्द्वका घटनाहरु पनि कम भइरहेका छन्।

देशभरिमा हेर्दा वन्यजन्तु र मानिसबीचको द्वन्द्वका घटनाहरु बढिरहेका छन्। तर, बर्दियामा पछिल्लो वर्षबाट यो संख्यालाई कम गर्न हामी लागेका छौं। त्यसका लागि बाघले कस्तो बेला आक्रमण गर्छ भन्नेबारे जान्नेबुझ्नेदेखि हामीले स्थानीयबासीको व्यवहारमा पनि परिवर्तन ल्याउने गरी काम गरिरहेका छौं।

मुख्यगरी बाघबाट हुने आक्रमण वन क्षेत्रमै भएको छ। वन्यजन्तु मानवबस्तीमा छिरेर मानिसमाथि आक्रमण गरेको घटना छैन। वन्यजन्तुमा अन्यको अपवाद होलान्, तर बाघको पक्षमा भने सबै घटना वन क्षेत्रभित्र भएका छन्। 

यी सबै घटनाहरु दिउँसोको समयमा भएका छन्। यी सबैमा एउटा समान पक्ष, मानिसहरु निहुरिएको अवस्थामा हुँदा बाघले आक्रमण गरेर घटना भएको छ। दाउरा काट्दा, घाँस काट्दा, निहुरो टिपेको वा च्याउ चुँडिरहेको बेलामा बाघले आक्रमण गरेको पाइएको छ। यसले पनि बाघले कस्तो अवस्थामा मानिसमाथि आक्रमण गर्छ भन्ने देखाएको छ।

विगतमा भएका घटनाहरुका समान पक्षहरुबारे हामीले बुझेर वन क्षेत्रमा प्रवेश गर्दा अपनाउनुपर्ने सावधानीका पक्षहरुलाई समातेका छौं। मुख्यगरी वन वरपर रहेका समुदायका मानिसहरुमा यो किसिमका समाधानका पक्षबारे ज्ञान तथा सीप विकास गर्ने काममा हामीले जोड दिएका छौं।

सावधानी नअपनाएका कारण यी किसिमका घटना भएका छन्। वनमा जाँदा मान्छेले अपनाउनुपर्ने सावधानीका उपायहरुलाई अपनाएर हामीले बाघको आक्रमणबाट हुने मृत्युको संख्यालाई कम गरेका छौं।

बर्दियाभरि नै सन् २०१० मा १८ वटा बाघ थिए। सन् २०१८ को गणानामा यो संख्या ८५ पुगेको छ। बाघको संख्या बढेपछि उनीहरुको क्षेत्र पनि बढ्नुपर्ने हो। तर, मानव अतिक्रमणका कारण वन क्षेत्र निकै खुम्चिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतको अवस्थासँग आजको अवस्थाको तुलना गर्ने हो भने बर्दियामा निकुञ्ज, मध्यवर्ती र वन कार्यालयको क्षेत्रको क्षेत्रफलमा पनि कमी आएको छ। बढ्दो जनसंख्या र बसोबासका कारण वन क्षेत्रको दोहन र अतिक्रमण बढेका छन्। मानिसले वन्यजन्तुको क्षेत्रमा अतिक्रमण र दोहन गर्दा वन्यजन्तुले मानिसमाथि आक्रमण गर्ने घटना भइरहेको देखिएको छ।

बर्दियामा मानिस जंगलमाथि हाबी भइरहेका छन्। बाघको क्षेत्रमा मानिसको प्रवेश भएका कारण यी द्वन्द्व भइरहेका छन्। बाघको क्षेत्राधिकारभित्र मान्छेको प्रवेश भएकाले बर्दियामा यी घटनाहरु भएका छन्। वन्यजन्तुको बासस्थान क्षेत्रमा मानिसले अतिक्रमण गरेको हालसम्म भएका घटनाहरुले देखाउँछ।

वन्यजन्तुको संख्या बढेपछि पनि जोखिम बढ्नै नै हुन्छ। झन्, अहिले त मानिस र वन्यजन्तु दुवैको संख्यामा बृद्धि भएको छ। एकातिर मान्छेको संख्या बढेकाले वनको दोहन र अतिक्रमण बढेको छ, अर्कातिर बाघको संख्या बढेकाले उनीहरुलाई क्षेत्र अपुग भएको छ।

आहारका कुरा, उनीहरुको विचरणका कुराहरुमा मानिसका गतिविधिले बाधा पुर्‍याएको अवस्था छ। जनसंख्या बढेसँगै अतिक्रमण गरि वन नजिक वा वनमै बस्दा बाघको आक्रमण पनि भएको छ। पूर्वाधार पनि वन्यजन्तुको बासस्थान क्षेत्रलाई खण्डिकरण गरेर निर्माण भइरहेको छ।

२०१८ को तथ्यांकअनुसार बर्दियाभित्र सय वर्गकिलोमिटर क्षेत्रफलमा पाँच वटा बाघ छन्। एउटा क्षेत्राधिकारमा एउटा भाले बाघ हुन्छ। त्यहाँ अन्य भाले बाघ हुँदैन। नयाँ भाले बाघ आएमा पनि पुरानो भाले बाघसँग लडाइँ जितेमा मात्रै त्यहाँ बस्न पाउँछ। नभए त्यहाँबाट जानुपर्ने हुन्छ।

बाघको यस्तो क्षेत्रमा मानिसको प्रवेश हुँदा आक्रमण भएको देखिन्छ। अर्कातिर, घाइते वा बुढो बाघले पनि आहारका लागि मानिसमाथि आक्रमण गरेको छ। आफ्ना सन्तानसँग भएको अवस्थामा पनि यी जनावरलाई चलाएमा आक्रमण गरिरहेको पाइएको छ। 

वन्यजन्तुको बासस्थान रहेको वन क्षेत्र धेरै अतिक्रमण भएको छ। अन्य देशमा वन क्षेत्र बढेको तथ्यांकले देखाएपनि नेपालमा भने त्यो ठीक विपरित छ। एफआरएको रिपोर्ट हेर्ने हो भने पनि नेपालको तराईको वन क्षेत्र निकै कम भएको अवस्था देखिन्छ। वन क्षेत्र घटनु भनेको यहाँ मानविय हस्तक्षेप र पूर्वाधार विकासलगायतले वन्यजन्तुको बासस्थान अतिक्रमित हुनुको प्रमाण हो।

मानिस र वन्यजन्तु द्वन्द्वका कारणहरु यीनै हुन्। यसको समाधान के त? हामीले बर्दियामा यसको समाधानका लागि निश्चित बुँदाहरुसहितको कार्यविधि बनाएर अपनाएका छौं। वन्यजन्तुको व्यवहार र मानिसमाथि हुने आक्रमणको प्रकृतिलाई आधार मानेर हामीले कार्यविधि बनाइ यो द्वन्द्वलाई कम गर्ने प्रयास गरेका छौं। यो वर्ष त्यो प्रयास केही हदसम्म सफल भएको पनि देखिएको छ।

बर्दियामा बाघको आक्रमण बढेपछि हामीले सबै स्टेक होल्डरहरुसँग छलफलमार्फत् योजना ल्याएका थियौं। सुरक्षा निकाय, खानेपानी, समुदाय तथा विभिन्न समितिसँग बसेर हामीले विभिन्न चरणमा छलफल गरेका थियौं। अन्तक्रिया गरेर हामीले बर्दिया राष्ट्रिय निकुञ्ज र यसको आसपासको वन क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी रणनीतिक योजना बनाएर काम गरेका छौं। यो पाँच वर्षे योजना हो। 

यसमा हामीले १३ वटा रणनीती लिएका छौं। १३ बुँदामा हामीले विभिन्न क्रियाकलापहरुलाई निश्चित मापदण्डअन्तर्गत् राखेर काम गरेका छौं। विगतका सबै घटनाहरु वन क्षेत्रमा दिउँसो निहुरिएको बेलामा भएको पाइएकाले अबका दिनमा हामीले कस्ता सावधानी अपनाउने भनेर काम गरेका छौं। यी घटनाहरु सावधानी नअपनाएका कारण भएका थिए। मुख्य रुपमा बाघको आक्रमण कम गर्न हामीले यी पक्षहरुलाई सावधानी अपनाएर अघि ल्याएका छौं। प्राथमिकतामा वन क्षेत्रमा जाँदा मानिसले अपनाइरहेका कुराहरुलाई परिवर्तन गरेर लगेका छौं। 

बाघ वा अन्य कुनै पनि वन्यजन्तुको आनीबानी परिवर्तन गर्न सहज छैन्। तर, मानिसको आनीबानी परिवर्तन गर्न सकिन्छ। मानव समुदायमा हामीले व्यवहारमा परिवर्तन ल्याउन सक्छौं। यसैका लागि हामीले १९ वटा उपभोक्ता समितिमार्फत ‘व्यवहार परिवर्तन अभियान’ नामक अभियान नै चलाइरहेका छौं। यो अभियानअन्तर्गत् १९ समितिबाट हामीले एजेन्टका रुपमा १९ जनालाई छनोट गरेर उहाँहरुलाई वन्यजन्तुको आक्रमण कसरी नियन्त्रण र कम गर्न सकिन्छ भनेर समुदायमा बुझाउन लगाएका छौं।

वन्यजन्तुले कस्तो अवस्थामा आक्रमण गर्छ? आक्रमण गरेमा कस्तो किसिमको आवाज निकाल्छ? कुन बेलामा आक्रमण गर्छ? जस्ता महत्वपूर्ण कुराहरु समुदायमा जानकारीका रुपमा फैलाएका छौं। आक्रमणबाट बच्न सक्ने उपाय के हुन? भन्नेबारेमा हाम्रा १९ जना एजेन्टहरुलाई सीप दिएर समुदायमा यसको चेतना फैलाएका छौं। 

वनमा गोठालो जाने व्यक्ति, तरकारीजन्य वस्तु टिप्न जाने व्यक्ति वा अन्य कामले जाने व्यक्तिहरुलाई त्योसँग सम्बन्धित कार्यशालाहरु सञ्चालन गरिरहेका छौं। सँगै विद्यार्थीहरुलाई पनि यसबारे जनचेतना दिने काम हामीले गरेका छौं। 

योजना बनाएर सुरु गरेको अभियानको परिणामको रुपमा समुदायको व्यवहारमा परिवर्तन देखिएको छ। केही हदसम्म त्यसको प्रभाव वन्यजन्तु र मानिसबीचको द्वन्द्वको घटनामा कमी आएको छ।

हामीले चालेको अर्को महत्वपूर्ण कदम वन्यजन्तु मानवबस्तीमा प्रवेश गर्न नपाओस् भन्ने छ। वन्यजन्तु बस्तीमा आउनसक्ने जोखिम रहेका ठाउँमा हामीले भौतिक संरचना निर्माण गरेर बाधा सिर्जना गर्ने काम गरेका छौं। सोलार फेन्स, इलेक्ट्रिक फेन्सलगायतका संरचना निर्माण गरेर मानवबस्तीमा वन्यजन्तुलाई टाढा राख्न खोजेका छौं। 

वन्यजन्तु र मानिस दुवै सहअस्तित्वमा रहनु पर्छ। मानिसलाई वन्यजन्तु र वन्यजन्तुलाई मानिस दुवैको आवश्यकता छ। बर्दिया क्षेत्रमा केही हदसम्म यो द्वन्द्वको न्यूनीकरण भएको अवस्था यो वर्ष देखिए पनि हामीले गर्नुपर्ने थप कामहरु छन्। देशभर नै वन्यजन्तुको संख्या वृद्धि भएसँगै उनीहरुको आक्रमणको जोखिम बढेको अवस्था छ। यस्तोमा मानिसले आफ्नो सुरक्षा र वन्यजन्तुको संरक्षणका पक्षबाट काम गर्ने हो भने यो द्वन्द्व न्युनिकरणको अवस्था आउन सक्छ। 

(बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठसँगको कुराकानीमा आधारित)

यस शृंखलाका थप सामग्री :

वन्यजन्तुबाट क्षतिः तीन वर्षमा ३३ करोड रुपैयाँभन्दा धेरै राहत वितरण

मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्यु

वन्यजन्तु र मान्छेको बासस्थान ‘ओभरल्याप’ले संरक्षणमा चुनाैती

वन्यजन्तुले उठिबास: पहाडबाट तराई, तराईबाट सहर!

जनावरमाथि ज्यादती 

मानिसले नहेरे वन्यजन्तुलाई कसले हेर्छ त? : मनबहादुर खड्का [अन्तर्वार्ता]

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो)
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्