• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सिनेमामा वन्यजन्तु र मानिसको द्वन्द्व: कति यथार्थ, कति काल्पनिक?

64x64
युवराज भट्टराई शनिबार, असार १८, २०७९  १३:३७
1140x725

काठमाडौं– समाजको रीतिले महिलालाई पुरुषसरह व्यवहार गर्दैन। त्यसमा पनि पुरुषको बाहुल्यता भएको पेसामा महिलाको उपस्थितिलाई आश्चर्यको रुपमा हेरिन्छ। भारतको बिलासपुर वन प्रभागमा भर्खर सरुवा भएकी विद्या भिन्सेन्ट (विद्या बालन अभिनित) भने यी सबै रीति र बाध्यताका बीच वन्यजन्तु र मानिसबीच भइरहेको द्वन्द्वको समाधानतर्फ केन्द्रित हुन्छिन्।

बाघको बासस्थान वनमा हुनुपर्ने हो। तर, बाघ वन छाडेर मानिसको बस्तीतर्फ आकर्षित भएको छ। मानिसले बाघको बासस्थान वनमा आफ्नो अतिक्रमण बढाए पनि बाघ आफ्नो बासस्थानको अभावमा मान्छेको बस्तीतर्फ लम्किने जोखिम बढेको अवस्था छ। विद्याले वनका बाघलाई वनमै र बस्तीका मानिसलाई बस्तीमै सुरक्षितसँग राख्नुपर्ने हुन्छ। जंगलको बाघले वनमा आएका मानिस र चौपाया माथिको आक्रमणले स्थानीय नागरिक र निकाय पनि समस्यामा परेका हुन्छन्। मानिससँग वनमा नजानुको अर्को विकल्प छैन।

सन् २०२१ मा प्रदर्शनमा आएको विद्या बालन मुख्य भूमिकामा रहेको फिल्म ‘शेरनी’ यही विषयवस्तुमाथि आधारित छ। अमित भी मसुरकारको निर्देशनमा बनेको यो फिल्ममा वन्यजन्तु र मानिस बीचको द्वन्द्व र वन्यजन्तुको संरक्षणको पक्षलाई वकालत गरिएको छ। जंगलमा मानिसमाथि आक्रमण गरिरहेको बाघबारे विस्तृत जानकारी लिएर अध्ययनमार्फत् वन्यजन्तु र मानिसबीच भइरहेको हिंसात्मक द्वन्द्वको समाधानतर्फ फिल्म उन्मुख छ।

‘शेरनी’को कथाले बढिरहेको वन्यजन्तु र मानिसबीचको द्वन्द्वलाई चित्रण गर्छ। विश्वव्यापी रुपमा नै शेरनीजस्ता थुप्रै फिल्महरुको निर्माण भएका छन्, जसमा मानिस र वन्यजन्तु बीचका सम्बन्धको पक्षलाई समेटिएको छ। बलिउड, तमिल, तेलगुजस्ता भारतीय फिल्म क्षेत्रदेखि हलिउड हुँदै अन्तर्राष्ट्रिय भाषा सम्ममा यस्ता थुप्रै फिल्महरु निर्माण भएका छन्, जसले वन्यजन्तुको संरक्षण, मानव वन्यजन्तु द्वन्द्वलगायतका पक्षहरुमा वकालत गरेका छन्।

बलिउडमा वन्यजन्तु संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व केन्द्रित फिल्मको संख्या उल्लेख्य मात्रामा छ। निकै चर्चित फिल्म ‘काला पर्वत’ देखि गत वर्ष मात्रै प्रदर्शनमा आएको तमिल तथा तेलगु फिल्म ‘हाथी मेरा साथी’ जस्ता वैकल्पिक र वन्यजन्तुको मुद्दामा केन्द्रित फिल्महरु भारतीय फिल्म क्षेत्रमा निर्माण भएका छन्।

सन् १९७१ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘काला पर्वत’ यीनै मध्येको एक हो। एम.एस सत्युको निर्देशनमा बनेको यो फिल्ममा रेश्मा पासा, प्रिन्स प्रदिप लगायतका कलाकारको अभिनय रहेको छ।

वन क्षेत्रमा बस्ने वस्ने वन्यजन्तुमाथि वातावरणीय प्रभावले परेको असरपछि मानिस सँगको सम्बन्धबारे फिल्मले कथा बोकेको छ। हात्तीको बथान वन क्षेत्रमा खडेरी लागेपछि पानी तथा खाद्यान्नका लागि जंगल छाडेका हुन्छन्। वनको एक अधिकारीले तीमध्ये केहीलाई भेटेपछि उनीहरुको हेरचाह गरेको विषय फिल्ममा समेटिएको छ। वन्यजन्तु र मानिसले सहअस्तित्व कायम गरेर बस्ने हो भने वातावरणमा आउने असरदेखि दुवै प्रजातीको संरक्षण हुनसक्ने पक्षलाई फिल्ममा देखाइएको छ।

त्यस्तै, सन् २००५ मा प्रदर्शनमा आएको ‘काल’ पनि भारतमा हुने बाघ चोरी शिकारीको विषयमा आधारित फिल्म हो। फिल्ममा वन्यजन्तुले मानिसमाथि गरिरहेको आक्रमण र यसको कारणको विषयलाई समेटिएको छ। भारतको जिम कोर्बेट राष्ट्रिय निकुञ्जमा छायांकन गरिएको फिल्ममा वन क्षेत्रमा आश्चर्यजनक रुपमा भइरहेको मानिसको हत्या (मृत्यु) र त्यसपछिको कारण खोजेको कथा देखाइएको छ। फिल्मलाई सोहम शाहले निर्देशन गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष प्रदर्शनमा आएको तेलगु तथा तमिल भाषाको फिल्म ‘हाथी मेरा साथी’ (स्थानीय भाषामा कादन) पनि वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई लिएर बनेको छ। प्रभु सोलोमनले निर्देशन गरेको यो फिल्मले वन्यजन्तुमाथि हुने दमनको विषयलाई चित्रण गरेको छ। राना दग्गुबत्तीको मुख्य अभिनय रहेको यो फिल्ममा उनले एक वातावरण संरक्षण अभियन्ताको रुपमा काम गरेका छन्।

वन्यजन्तुको बासस्थानको क्षेत्रमा राजनीतिज्ञले शहर बसाउन खोज्दा संरक्षणकर्मीले उठाएको आवाज र दुई बीच भएको संघर्षको विषयमा फिल्म आधारित छ। हात्तीको बसोबास रहेको क्षेत्रमा हात्तीको हत्या गर्ने हेतुले पानीका स्रोत सुकाउने, उनीहरुमाथि हमला गर्नेजस्ता क्रियाकलाप फिल्ममा समेटिएका छन्। यी सबैका बाबजुद वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि उभिएको एक्लो योद्धाको कथा फिल्ममा छ, जसले बोल्न नसक्ने हात्तीहरुको पक्षबाट आवाज उठाउँछन्।

‘हाथी मेरा साथी’ फिल्मको कथाले विकास निर्माणका कारण वन्यजन्तुमा कस्तो असर पर्न सक्छ भन्ने अर्थ्याउँछ। सँगै विकास गर्दा वन्यजन्तुमैत्री विकास आवश्यक छ र यसको बेवास्ता गरिनु हुँदैन भन्ने पक्षलाई फिल्मले समेटेको छ।

बलिउडमा जस्तै अन्य देशका फिल्महरुमा पनि वन्यजन्तुको संरक्षण तथा मानव वन्यजन्तु द्वन्द्वको विषयलाई लिएर उल्लेख्य फिल्महरु निर्माण भएका छन्। अहिलेको समयको बहस हुनुपर्ने र उठाइनुपर्ने मुद्दा भएकाले पनि यो विषयतर्फ सिनेमाकर्मीहरुको आकर्षण अन्तर्राष्ट्रिय देशहरुमा पर्याप्त छ।

Xtrem

Xtrem

‘किंग कङ्ग’ जस्ता क्लट क्लासिक फिल्मदेखि अल्फ्रेड हिचकक निर्देशित हरर जनरासमेत रहेको ‘द बर्डस्’जस्ता फिल्महरुले वातावरण तथा वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई चित्रण गरेका छन्।

‘किंग कङ्ग’ जस्ता क्लट क्लासिक फिल्मदेखि अल्फ्रेड हिचकक निर्देशित हरर जनरासमेत रहेको ‘द बर्डस्’जस्ता फिल्महरुले वातावरण तथा वन्यजन्तु र मानिसबीचको सम्बन्धलाई चित्रण गरेका छन्।

अस्कर अवार्ड जित्न सफल कोरियाली फिल्म निर्देशक बोङ–युन–होले निर्देशन गरेको फिल्म ‘ओक्जा’को कथा वन्यजन्तुमाथि हुने दमनको एउटा शसक्त उदाहरण हो। ओक्जा अर्थात् एक प्रकारको ठूला सुँगुरजस्तै देखिने जनावरमाथि भएको दमन फिल्ममा प्रस्तुत छ। मासुजन्य परिकारका लागि अमेरिका तस्करी गर्न लागिएको यो जनावरलाई बचाउने संघर्षको कथा बोकेको फिल्मले पुँजीवाद र घनाढ्यहरुका सोख र रहरले वन्यजन्तुमाथि कस्तो दमन भइरहेको छ भन्ने देखाएको छ।

‘लाइफ अफ पाइ’ पनि यस्तै फिल्महरु मध्येमा पर्छ, जसले मानिस र वन्यजन्तु बीचको सम्बन्धलाई प्रस्तुत गरेको छ। नदीमा आएको आँदीका कारण एउटा डुंगामा चढेर बाँच्न सफल भएको एक युवक र एक बाघको कथा प्रस्तुत गरेको यो फिल्म निकै चर्चित फिल्म पनि हो।

बहसको विषयका रुपमा स्थापित भइरहेको वन्यजन्तुको संरक्षण तथा मानव र वन्यजन्तुको सम्बन्धलाई चित्रण गरिएका यस्ता थुप्रै फिल्महरु छन्। यिनीहरुमध्ये कतिपयमा मानव वन्यजन्तु द्वन्द्वको कथा र संघर्ष प्रस्तुत भने कतिपयमा मानिस र वन्यजन्तुको सम्बन्धलाई चित्रण गरिएको छ। प्रायः यस्ता फिल्महरुले हामीले देखिरहेको र सुनिरहेको वन्यजन्तु माथिको ज्यादतीको चित्रण गर्नेदेखि कतिपय अवस्थामा मानव वन्यजन्तु द्वन्द्वको समाधानका लागि एउटा मार्ग खोज्ने सम्मका पक्षहरु समातेका छन्। 

पर्दामा संरक्षण देखाउँदाको कठिनाइ
वन्यजन्तु संरक्षण, वातावरणीय अवस्थाहरु भनेका गम्भीर विषय हुन्। सिनेमामा यी पक्षहरुबारे देखाउँदा पनि उत्तिकै कठिनाइ हुन्छ। एकातिर वन्यजन्तुलाई चित्रण गर्नुको कठिनाइ हुन्छ भने प्रकृति र मानिस बीचको सम्बन्धलाई सम्बोधन गर्नुमा पनि कठिनाइ हुन्छ।

‘शेरनी’ फिल्मकी लेखक आस्था टिकुले उक्त फिल्म लेखिरहँदा यस्तो गम्भीर विषयको दायरा बुझेर संवेदनशील विषयमाथि फिल्म लेख्नु आफूलाई चुनौतीपूर्ण भएको बताएकी छन्। हिन्दुस्तान टाइम्समा उनले लेखेको लेखमा आस्था भन्छिन्, ‘महिनौको अनुसन्धानपछि यस्तो विषयमा कथा बुझ्ने हुनका लागि यसको सिद्धान्त पनि स्पष्ट हुनुपर्छ। अर्कातिर मानिस र वन्यजन्तुको द्वन्द्व बढाउने कारणहरुको बारेमा पनि उत्तिकै ज्ञान हुनुपर्ने रहेछ।’

प्राविधिक र अनुसन्धानमा आधारित भएर फिल्म लेखिँदा त्यो वृत्त चित्रतर्फ मोडिन सक्ने अर्को जोखिम हुन्छ। यर्थाथ कुराभन्दा बाहिर नगएर, तर काल्पनिकताको सुन्दरता हालेर सिनेमा बनिनुपर्ने हुन्छ। वृत्तचित्र बन्न नदिनमा पनि उत्तिकै गाम्भीर्यता आवश्यक हुन्छ।

‘हामीले अल्पसंख्यक र पीछडिएका समुदायसँग कुरा गर्नेदेखि बाघको प्राकृतिक विशेषताका बारेमा चित्रण गर्नु थियो,’ आस्था भन्छिन्, ‘यी सबै विषयहरु निकै कठिन विषय हुन्। संरक्षणको विषयमा आजको भोलि नै हुने कुनै उपाय र समाधान छैनन्। यसमा दिगो रुपमा संघर्ष आवश्यक हुन्छ भन्ने फिल्ममा देखाउनु थियो। मलाई लाग्छ, फिल्मले यो विषयमाथि एउटा दृष्टिकोण दिएको छ।’

यो पनि पढ्नुहोस्

वन्यजन्तुबाट क्षतिः तीन वर्षमा ३३ करोड रुपैयाँभन्दा धेरै राहत वितरणशुक्रबार, असार १७, २०७९

यो पनि पढ्नुहोस्

मानिसले नहेरे वन्यजन्तुलाई कसले हेर्छ त? : मनबहादुर खड्का [अन्तर्वार्ता]शुक्रबार, असार १७, २०७९

यो पनि पढ्नुहोस्

जनावरमाथि ज्यादतीशुक्रबार, असार १७, २०७९

यो पनि पढ्नुहोस्

वन नै वन्यजन्तुको घर, मान्छेबाट अतिक्रमण हुँदा आक्रमणशनिबार, असार १८, २०७९

 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्