फाइल तस्बिर।
काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन टोली न्युरोड टिम (एनआरटी) लेटुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको पहिलो खेलमा फराकिलो हार बेहोरेको छ।
बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टू क्लब कारो युनाइटेड एफसीसँग ५–१ ले पराजित भएको हो।
कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे।
पहिलो हाफमै चार गोल खाएको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो।
एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए। एनआरटीले शनिबार पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्न छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।