काठमाडौं–नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएलगतै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवर्ता गरेका छन्।
भारतीय राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै राजदूत श्रीवास्तव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा दुई देशको हितका विषयमा छलफल भएको जनाएको छ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउँदै दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।