स्याङ्जा- दुई दिनदेखिको अबिरल वर्षाका कारण स्याङ्जाको गल्याङमा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ।
पहिरोमा परि १३ वर्षीया रेखा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा १६ वर्षीय लक्ष्मण भट्टराई एक जना घाइते भएका छन्।
गल्याङ नगरपालिका- १० दुबिनडाँडामा आज बिहान ५ बजे घर पछाडिको ढिस्को भत्किँदा घर सहितको गोठमा समेत क्षति पुगेको छ।
५ जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेको र दुई जना घरमा सुतिरहेको समयमा अकस्मात घरपछाडिको ढिस्को भत्किएको थियो।
घाइतेको उपचार गल्याङ नगर अस्पतालमा भइरहेको छ । साथै गोठमा रहेका २ वटा भैंसी र २ बाख्रा पनि मरेका छन । घर पुुर्ण रुपमा क्षति भएको छ। घर क्षति भएपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।