सप्तरी-अविरल वर्षाका कारण जिता नदीमा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बुधबार दुई ठाउँमा बाँध कटान गरेको छ। तिलाठी कोइलाडी–५ को बर्साइन टोलमा जिता खोलाले करिब पाँच मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको गाउँपालिका कार्यालयले जनाएको छ।
यसैगरी वडा नम्बर ७ मा गत वर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ। वडा नम्बर १ तिलाठीमा समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान सुरु भएको छ। वडा नम्बर १ र ७ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाट सुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले बताए।
बाँध भत्किएको ठाउँमा आज गाउँपालिका अध्यक्ष मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष ललनप्रसाद राउत, इञ्जिनियर भाष्करप्रसाद सिंह तथा विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झासहितको टोलीले निरीक्षण गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।