काठमाडौं–त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन्। प्रगतिशिल कर्मचारी संगठनका उम्मेदवार कार्की प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै विजयी भएका हुन्। कार्कीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
यस्तै संघका वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र लामा, प्रदेश १ उपाध्यक्षमा पुष्कर खनाल, मधेस प्रदेश उपाध्यक्षमा विजय कुशवाह, बागमती प्रदेश उपाध्यक्षमा रविलोचन श्रेष्ठ, गण्डकी प्रदेश उपाध्यक्षमा प्रजापति पराजुली, लुम्बिनी प्रदेश उपाध्यक्षमा माधव ज्ञवाली, कर्णाली प्रदेश उपाध्यक्षमा ईश्वरी रेग्मी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मिग्मा दोर्जे शेर्पा निर्वाचित भएका छन्।
यस्तै महासचिवमा सिर्जना भोमी, सचिवमा उज्वलमान प्रधान र कोषाध्यक्षमा प्रतिमा खत्री निर्वाचित भएका छन्। यही असार १० गते ७३ मतदान केन्द्रमा कूल चार हजार ९७९ मतदातले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।