• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

धान दिवसमा किसानको हात पुर्पुरोमा: मल कहाँबाट ल्याउने? 

64x64
सुमित्रा कार्की बुधबार, असार १५, २०७९  ०७:१९
1140x725

काठमाडौं– आज असार १५ गते। नेपालको कृषि संस्कृतिसँग जोडिएको आजको दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउने गर्छ। आजकै दिन सरकारी अधिकारीदेखि सहरी क्षेत्रमा बसोबास गर्नेहरु पनि ‘हिलो छुन’ भन्दै खेतमा खुट्टो हाल्न पुग्छन्। तर, जो ‘मानो रोपेर मुरी फलाउन’ रातदिन नभनेर लागिरहेका छन्, तिनी (किसान)हरुको भने पुर्पुरोमा हात छ– मल नपाउँदा। 

‘धानको बिउ राख्ने बेला भयो मल पाइन्न। धानमा मल राख्ने बेला भयो मल पाइन्न। गहुँमा मल राख्ने बेला भयो त्यो बेला पनि मल पाईन्न,’ हेरक सिजनमा मलका लागि खेप्नुपरेको सास्ती वर्णन गर्दै सिन्धुली दुधौलिका कृषक शंकर कार्की भन्छन्, ‘सरकारले हरेक वर्ष कृषकका लागि के-के सुविधा ल्यायो रे भनेको सुनिन्छ। तर, खै सुविधा त परै जाओस् महँगोमा मल किनेर ल्याएर खेतबारीमा भनेको बेलामा प्रयोग गर्न पाइन्न।’

सरकारले हरेक वर्ष धान दिवसको दिन गमलामा धान रोपेर मनाउने गरेको कारण वास्तविक किसानको समस्या बुझ्न नसकेको वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका उदयपुर कटारीका ज्ञानबहादुर राउत बताउँछन्। उनी भन्छन्, ‘कृषकले हरेक वर्ष हरेक कुरामा समस्या भोग्नु परेको छ। केन्द्रमा गमलामा धान रोपेर कहिलेसम्म वास्तविक जनताको अपमान गर्ने?’

सरकारले केही गर्न नसके पनि समयमा मल र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्दिने हो भने पनि देशको आर्थिक अवस्था मजबुद बन्दै जाने राउतको भनाइ छ। उनी भन्छन्, ‘हामी साना किसान थारै कमाएर केही गरौं भन्ने सोच छ। तर, सरकारले सानालाई देख्ने कुरै भएन।’

सरकारले हरेक वर्ष कृषकलाई मल बीउ लगायतका बस्तु समयमा दिने प्रतिबद्धता गर्छ। तर, कृषकले हरेक वर्ष मलकै समस्याको कारण आफ्नो लगानी पनि उठाउन नसकेको गुनासो गरिरहेका छन्।

उदयपुरकै गाईघाट घर भएका कृषक विभूषण चौधरी कृषि पेसामा लागेको लगभग १० वर्ष भयो। तर, अहिलेसम्म पनि सहज रुपमा मल नपाएको उनको गुनासो छ। 'मलको समस्या अहिलेमात्र नभएर पहिलेदेखि कै हो। सरकारले हरेक वर्ष मल अनुदानको लागि मोटो रकम छुट्टयाएको हुन्छ। तर, त्यो अनुदान कहाँ गएको छ? वास्तविक किसान त्यसको जानकार नै छैनन्,' उनले भने, 'कहीँ कतैबाट मल पाइहाल्यो भने पनि त्यो मल सर्वधारणले किनेर बारीमा हाल्न सक्ने असस्था नै छैन।’

मलको मूल्य बढ्दा किनेर बालीमा प्रयोग गर्ने पैसाले बाहिरबाट आयात भएको चामल नै किनेर खान सस्तो भइ सकेको किसानहरुको भनाइ छ। उदयपुरकै कटारी नगरपालिका कृषक रामबहादुर कटुवालले पुर्खौली पेसा खेतीकिसानी गर्दै आएका छन्। उनी आफूले थाहा पाउने उमेरदेखि अहिलेसम्म कृषि पेसामा नै आबद्ध छन्। उनले पनि किसानलाई राहत हुने योजना आफ्नो ठाउँमा आएको थाहा नपाएको बताए। अहिलेको मल अभावको समस्याले उनलाई पनि पिरोलेको छ। 

असार पहिलो साता मल वितरण गर्ने कृषि मन्त्रालयको योजना के हुँदै छ? 
असारको पहिलो हप्ता किसानलाई पर्याप्त रुपमा मल ल्याएर वितरण गर्ने कृषि मन्त्रालयलका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जेठ १२ गते नेपाल लाइभलाई बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले गत जेठ १२ गते ग्लोबल टेन्डरको ४२ हजार मेट्रिक टन मल आउने क्रममा रहेको र यो असारको पहिलो हप्ताभित्र नेपाल आइसक्ने बताएका थिए। तर, कृृषि मन्त्रालयले अझै पनि मल आइसकेको तथ्यांक देखाउन सकेको छैन। यसैगरी, २२ हजार मेट्रिक टन डीएपी, ३० हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताएको कृषि मन्त्रालयले अहिलेसम्म पनि उक्त मल नेपालमा आएको जानकारी दिएको छैन।

प्रवक्ता सञ्जेलले डीएपी कोलकाताबाट वीरगञ्जमा एक दिनको फरकमा २५ हजार मेट्रिक टनका दरले आउने बताएका थिए। तर, अहिलेसम्म पनि उक्त मल आएको छैन।

समयमा आउने भनेको मल नआइपुगेको प्रवक्ता सञ्जेल स्वीकार गर्छन्। उनी भन्छन्, 'हामीले असारको पहिलो हप्तासम्म कृषकलाई पुग्ने मल ल्याएर वितरण गर्छौं भनेका थियौं। हामीले यसमा निर्देशिका नै बनाएर काम गरेका थियौं। तर, भनेको समयमा मल नआइपुग्दा हामीले भनेको समयमा मल वितरण गर्न सकेनौं।’

उक्त मल साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको उनले बताए। यसैगरी, युरिया मल ३० हजार मेट्रिक टन इन्डोनेसियाबाट जुन १० सम्ममा भारतको हल्दिया बन्दरगाह हुँदै नेपालमा आउने क्रम रहेको उनले बताएका थिए। यसरी ल्याइँदै गरेको मल जेठको अन्तिम हप्तादेखि असारको पहिलो हप्तासम्म नेपाल आइपुग्ने उनको भनाइ थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, असारको दोस्रो हप्ता सकिँदा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको ४२ हजार मेट्रिक टन मल मात्र नेपाल आइपुगेको उनको भनाइ छ। उक्त मल वीरगञ्ज हुँदै देशको हरेक प्रदेश शाखामा पठाउने योजना बनाएको सञ्जेल बताउँछन्। ४२ हजार मेट्रिक टन मलमा २२ हजार युरिया र २० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिएको उनले जानकारी दिए।

जेठमै नेपालले भारतबाट जीटूजीमार्फत् ल्याउने तयारी गरिरहेको भनिएको मलको लागि नेपाल सरकारको कृषि सामग्री कम्पनी र भारत सरकारको राष्ट्रिय केमिकल एण्ड फटिलाइजर्स कम्पनीबीच सम्झौता अझै हुन सकेको छैन। ‘भारत सरकारसँग जीटूजी मार्फत् १ लाख ५० हजार मेट्रिकटन मल ल्याउन माग गरेको हो। अब कति मल पठाउने भनेर सम्झौता भएको छैन। यसमा सबै मल एकै पटक आउने सम्भावना न्यून छ। कमर्सियल एग्रिमेन्ट भएपछि टुंगो लाग्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
आजको मौसमः कतै सफा, कतै वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्