• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

धान दिवसमा किसानको हात पुर्पुरोमा: मल कहाँबाट ल्याउने? 

64x64
सुमित्रा कार्की बुधबार, असार १५, २०७९  ०७:१९
1140x725

काठमाडौं– आज असार १५ गते। नेपालको कृषि संस्कृतिसँग जोडिएको आजको दिनलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउने गर्छ। आजकै दिन सरकारी अधिकारीदेखि सहरी क्षेत्रमा बसोबास गर्नेहरु पनि ‘हिलो छुन’ भन्दै खेतमा खुट्टो हाल्न पुग्छन्। तर, जो ‘मानो रोपेर मुरी फलाउन’ रातदिन नभनेर लागिरहेका छन्, तिनी (किसान)हरुको भने पुर्पुरोमा हात छ– मल नपाउँदा। 

‘धानको बिउ राख्ने बेला भयो मल पाइन्न। धानमा मल राख्ने बेला भयो मल पाइन्न। गहुँमा मल राख्ने बेला भयो त्यो बेला पनि मल पाईन्न,’ हेरक सिजनमा मलका लागि खेप्नुपरेको सास्ती वर्णन गर्दै सिन्धुली दुधौलिका कृषक शंकर कार्की भन्छन्, ‘सरकारले हरेक वर्ष कृषकका लागि के-के सुविधा ल्यायो रे भनेको सुनिन्छ। तर, खै सुविधा त परै जाओस् महँगोमा मल किनेर ल्याएर खेतबारीमा भनेको बेलामा प्रयोग गर्न पाइन्न।’

सरकारले हरेक वर्ष धान दिवसको दिन गमलामा धान रोपेर मनाउने गरेको कारण वास्तविक किसानको समस्या बुझ्न नसकेको वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका उदयपुर कटारीका ज्ञानबहादुर राउत बताउँछन्। उनी भन्छन्, ‘कृषकले हरेक वर्ष हरेक कुरामा समस्या भोग्नु परेको छ। केन्द्रमा गमलामा धान रोपेर कहिलेसम्म वास्तविक जनताको अपमान गर्ने?’

सरकारले केही गर्न नसके पनि समयमा मल र कृषि उत्पादनलाई बजार व्यवस्थापन गर्दिने हो भने पनि देशको आर्थिक अवस्था मजबुद बन्दै जाने राउतको भनाइ छ। उनी भन्छन्, ‘हामी साना किसान थारै कमाएर केही गरौं भन्ने सोच छ। तर, सरकारले सानालाई देख्ने कुरै भएन।’

सरकारले हरेक वर्ष कृषकलाई मल बीउ लगायतका बस्तु समयमा दिने प्रतिबद्धता गर्छ। तर, कृषकले हरेक वर्ष मलकै समस्याको कारण आफ्नो लगानी पनि उठाउन नसकेको गुनासो गरिरहेका छन्।

उदयपुरकै गाईघाट घर भएका कृषक विभूषण चौधरी कृषि पेसामा लागेको लगभग १० वर्ष भयो। तर, अहिलेसम्म पनि सहज रुपमा मल नपाएको उनको गुनासो छ। 'मलको समस्या अहिलेमात्र नभएर पहिलेदेखि कै हो। सरकारले हरेक वर्ष मल अनुदानको लागि मोटो रकम छुट्टयाएको हुन्छ। तर, त्यो अनुदान कहाँ गएको छ? वास्तविक किसान त्यसको जानकार नै छैनन्,' उनले भने, 'कहीँ कतैबाट मल पाइहाल्यो भने पनि त्यो मल सर्वधारणले किनेर बारीमा हाल्न सक्ने असस्था नै छैन।’

मलको मूल्य बढ्दा किनेर बालीमा प्रयोग गर्ने पैसाले बाहिरबाट आयात भएको चामल नै किनेर खान सस्तो भइ सकेको किसानहरुको भनाइ छ। उदयपुरकै कटारी नगरपालिका कृषक रामबहादुर कटुवालले पुर्खौली पेसा खेतीकिसानी गर्दै आएका छन्। उनी आफूले थाहा पाउने उमेरदेखि अहिलेसम्म कृषि पेसामा नै आबद्ध छन्। उनले पनि किसानलाई राहत हुने योजना आफ्नो ठाउँमा आएको थाहा नपाएको बताए। अहिलेको मल अभावको समस्याले उनलाई पनि पिरोलेको छ। 

असार पहिलो साता मल वितरण गर्ने कृषि मन्त्रालयको योजना के हुँदै छ? 
असारको पहिलो हप्ता किसानलाई पर्याप्त रुपमा मल ल्याएर वितरण गर्ने कृषि मन्त्रालयलका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जेठ १२ गते नेपाल लाइभलाई बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

उनले गत जेठ १२ गते ग्लोबल टेन्डरको ४२ हजार मेट्रिक टन मल आउने क्रममा रहेको र यो असारको पहिलो हप्ताभित्र नेपाल आइसक्ने बताएका थिए। तर, कृृषि मन्त्रालयले अझै पनि मल आइसकेको तथ्यांक देखाउन सकेको छैन। यसैगरी, २२ हजार मेट्रिक टन डीएपी, ३० हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको बताएको कृषि मन्त्रालयले अहिलेसम्म पनि उक्त मल नेपालमा आएको जानकारी दिएको छैन।

प्रवक्ता सञ्जेलले डीएपी कोलकाताबाट वीरगञ्जमा एक दिनको फरकमा २५ हजार मेट्रिक टनका दरले आउने बताएका थिए। तर, अहिलेसम्म पनि उक्त मल आएको छैन।

समयमा आउने भनेको मल नआइपुगेको प्रवक्ता सञ्जेल स्वीकार गर्छन्। उनी भन्छन्, 'हामीले असारको पहिलो हप्तासम्म कृषकलाई पुग्ने मल ल्याएर वितरण गर्छौं भनेका थियौं। हामीले यसमा निर्देशिका नै बनाएर काम गरेका थियौं। तर, भनेको समयमा मल नआइपुग्दा हामीले भनेको समयमा मल वितरण गर्न सकेनौं।’

उक्त मल साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको उनले बताए। यसैगरी, युरिया मल ३० हजार मेट्रिक टन इन्डोनेसियाबाट जुन १० सम्ममा भारतको हल्दिया बन्दरगाह हुँदै नेपालमा आउने क्रम रहेको उनले बताएका थिए। यसरी ल्याइँदै गरेको मल जेठको अन्तिम हप्तादेखि असारको पहिलो हप्तासम्म नेपाल आइपुग्ने उनको भनाइ थियो। 

तर, असारको दोस्रो हप्ता सकिँदा पनि साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउन लागेको ४२ हजार मेट्रिक टन मल मात्र नेपाल आइपुगेको उनको भनाइ छ। उक्त मल वीरगञ्ज हुँदै देशको हरेक प्रदेश शाखामा पठाउने योजना बनाएको सञ्जेल बताउँछन्। ४२ हजार मेट्रिक टन मलमा २२ हजार युरिया र २० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिएको उनले जानकारी दिए।

जेठमै नेपालले भारतबाट जीटूजीमार्फत् ल्याउने तयारी गरिरहेको भनिएको मलको लागि नेपाल सरकारको कृषि सामग्री कम्पनी र भारत सरकारको राष्ट्रिय केमिकल एण्ड फटिलाइजर्स कम्पनीबीच सम्झौता अझै हुन सकेको छैन। ‘भारत सरकारसँग जीटूजी मार्फत् १ लाख ५० हजार मेट्रिकटन मल ल्याउन माग गरेको हो। अब कति मल पठाउने भनेर सम्झौता भएको छैन। यसमा सबै मल एकै पटक आउने सम्भावना न्यून छ। कमर्सियल एग्रिमेन्ट भएपछि टुंगो लाग्छ,’ उनले भने।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री गीता चौधरी र सचिव डा राजेन्द्र प्रसाद मिश्रले मन्त्रालयले यस अवधिमा हासिल गरेका प्रग... बिहीबार, असार २५, २०८३
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आ... बिहीबार, असार २५, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी सांसदले उठाएका... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्