सोफिया–बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले पदबाट राजीनामा दिएका छन्। अविश्वासको प्रस्ताव पारित भएपछि गठबन्धन सरकारका तर्फबाट राष्ट्रिय सभामा उनले सोमबार राजीनामा बुझाएका हुन्।
संसदको प्रेस कार्यालयले जनाए अनुसार विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान छ। पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाउको हैसियतमा काम गर्नेछ।
सत्तारुढ गठबन्धनका चार साझेदारमध्येको एक जनता पार्टीले गत डिसेम्बरमा निर्वाचित भएको सरकारमा आफ्नो सहभागिता फिर्ता लिएको दुई सातापछि बुधबार मन्त्रिपरिषद् विघटन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।